२८ असार २०८३, आइतबार

उड्डयन प्राधिकरणले भन्यो - उद्धारका लागि थप हेलिकप्टरहरू पनि तैनाथ छन्

उड्डयन प्राधिकरणले भन्यो - उद्धारका लागि थप हेलिकप्टरहरू पनि तैनाथ छन्

आज बिहान ११ बजे काठमाडौंबाट पोखरा उडेको यती एअरको विमान दुर्घटनाग्रस्त भएपछि नागरिक उड्डयन प्राधिकरणले दुर्घटनास्थलमा विमानमा सवार यात्रु लगायतको खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

दुर्घटनास्थलबाट हालसम्म ३२ जनाको शव संकलन भइसकेको छ। विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु रहेका थिए।

प्राधिकरणले काठमाडौं, तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकप्टरहरू तयारी अवस्थामा राखेको जनाएको छ।

स्थलमार्गबाट खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र विमानस्थलस्थित रेस्क्यु तथा फायर फाइटिङको समेत प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्