
काठमाडौंँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा तीन चिकित्सकको निधन भएको छ । दुर्घटनामा डा गणेश थापासहित डा सुशिल श्रेष्ठ र डा शोना दिवाकरको मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ । सघले सुशील र सोनाको १० महिने शिशुको समेत मृत्यु भएङ्को जनाएको छ ।
संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकामा विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।