
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई सन्देश हस्तान्तरण गर्दै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका छन् ।
भेटमा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।