जर्मनीकी रक्षामन्त्री क्रिस्टिन लामब्रेख्तले सोमवार औपचारिक राजीनामाको घोषणा गरेकी छन् ।
ईस्वी नयाँ वर्षमा उनले सामाजिक सञ्जालमा राखेको सन्देशको कडा आलोचना भएपछि उनले राजीनामा दिने मन बनाएको खबर शुक्रवार नै सञ्चारमाध्यमहरूले दिइसकेका थिए ।
उक्त सन्देशमा लामब्रेख्तले पृष्ठभूमिमा पटाकाको आवाजसँगै युक्रेन युद्धको चर्चा गरेकी थिइन् ।
विपक्षी क्रिस्चियन डेमोक्रेटिक युनियनका सदस्यहरूले उनको सन्देश असंवेदनशील भएको भन्दै उनलाई राजीनामा दिन आग्रह गरेका थिए ।
लामब्रेख्त चान्सलर ओलाफ शोल्जको सोसल डेमोक्रेटिक पार्टीकी नेत्री हुन् ।
विवाद उठेपछि पनि शोल्जले लामब्रेख्तमा आफ्नो भरोसा रहेको बताएका थिए । तर दबाब खेपन नसकेपछि उनले लामब्रेख्तलाई राजीनामा दिन भने ।