यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलेको शव परिवारलाई जिम्मा लगाइएको छ । सोमबार राति पत्रकार पौडेलको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि आजै अर्का मृतकको शव पनि आफन्तको जिम्मा लगाइएको थियो ।
पोस्टमार्टमपछि आजै साँझदेखि शव आफन्तलाई जिम्मा लगाउन थालिएको हो । आइतबार पोखरास्थित सेती खोँचमा भएको विमान दुर्घटनामा सवारमध्ये ७० जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् ।