
प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाको विभिन्न स्थानमा व्यक्तिहरु मृत फेला परेको जनाएको छ । सो कार्यालयले सोमबार त्यसबारे जानकारी गराएको हो ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित बाटो नजिकै कुलोमा सोही नगरपालिका –४ दधिकोट तर्कगाल बस्ने ५३ वर्षीय झलकबहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका –३ बिहिबारे बजार बस्ने ४७ वर्षीय खिला कट्टेल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोहीअनुसार अछामको चौरपाटी गाउँपालिका–१ बस्ने ५० वर्षीय उजिर कामी सोही ठाउँस्थित दय भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका–६ भगलापुरस्थित बाटो किनारामा सोही नगरपालिका–६ तिनघेरुवा बस्ने ६० वर्षीय कृष्णबहादुर थारु चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, नवलपरासीपूर्व मध्यविन्दु नगरपालिका–१२ स्थित नारायणी नदीको किनारामा नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।