माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
माघ ५, २०७९
युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्न लाग्दा त्रासदीका अनेकौं घटना भएका छन् ।
पछिल्लो घटनाका रूपमा बुधवार (१८ जनवरी) मा युक्रेनको राजधानी किएभभन्दा आठ किलोमिटर उत्तरपूर्वमा रहेको ब्रोभरी शहरमा एक हेलिकप्टर दुर्घटनामा परेको छ । त्यसमा देशका गृहमन्त्री डेनिस मोनास्तिर्स्की सहित १८ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यो घटना युद्धकै एक परिणाम भएको भनी स्विट्जरल्यान्डको डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बताएका छन् ।
उनले सिधासिधा यो घटना हुनुमा रुसीहरूले गरेको प्रहार जिम्मेवार रहेको त भनेनन् । तर रुसीहरूको सैन्य गुप्तचर समूह स्पेत्जनाजको एक टोलीले यो घटना गराएको हुन सक्ने अनुमान पनि कतिपयले गरिरहेका छन् । युक्रेन सरकारले घटनाको अनुसन्धान गरिरहेको छ ।
अनि यसमा युक्रेनीकै हात हुन सक्ने अनुमान पनि गरिएको छ । टेलिग्राममा एक युक्रेनी सञ्चारमाध्यमले दिएको खबरमा घटनाका प्रत्यक्षदर्शीको भनाइ उद्धृत गरिएको छ । उनका अनुसार, यो हेलिकप्टर बच्चाहरूले पढ्ने किन्डरगार्टन र एक आवासीय भवनमा ठोकिनुअघि हावामा फनफनी घुमिरहेको र त्यसमा आगो बलिरहेको देखिएको थियो ।
ती प्रत्यक्षदर्शीले बताएको कुरा सही हो भने पाइलटको गल्तीले वा हेलिकप्टरमा कुनै प्राविधिक गडबडी आएकाले दुर्घटना भएको हैन । त्यसमा कुनै क्षेप्यास्त्र प्रहार भएको हुन सक्छ ।
माथि उल्लेख गरिएअनुसार, कि त रुसीहरूले त्यो क्षेप्यास्त्र प्रहार गरेको हुनुपर्छ कि त युक्रेनी स्वयंले यो काम गरेको हुनुपर्छ ।
एकथरी सैन्य विश्लेषकहरूले हेलिकप्टरमा जमीनबाट आकाशमा मार हान्ने स्टिंगर क्षेप्यास्त्र प्रहार भएको छनक पाइने बताएका छन् । अमेरिकाले बनाएको उक्त क्षेप्यास्त्र युक्रेनको कालो बजारमा छ्यापछ्यापती पाइने गरेको बताइन्छ । आफूले युक्रेनलाई दिएको हतियार सहयोगको हरहिसाब राख्न नसकेको अमेरिकी अधिकारीहरूले यसअघि नै स्वीकार गरिसकेका छन् ।
‘ह्याकर डीपीआर जोकर’ छद्मनाम भएका रुससमर्थक एक टेलिग्राम प्रयोगकर्ताले यस घटनाको सनसनीपूर्ण व्याख्या गरेका छन् । त्यस व्याख्यालाई जस्ताको त्यस्तै पत्याउन त सकिँदैन तर घटनालाई हेर्ने त्यो एउटा कोण चाहिँ हो ।
उनका अनुसार, ब्रोभरीमा भएको घटना युक्रेनका दुई मन्त्रालयबीचको तनावको परिणाम हो । त्यहाँको रक्षा मन्त्रालयले पश्चिमबाट सहायताका रूपमा प्राप्त हतियार तेस्रो पक्षलाई बेच्ने गरेको छ । सरकारी तहमा हुने भ्रष्टाचारका लागि युक्रेन धेरै पहिलेदेखि नै बदनाम रहिआएको छ ।
रक्षा मन्त्रालयको प्रमुख गुप्तचर निर्देशनालय (जीयूआर) का प्रमुख किरिलो बुदानोभले पश्चिमी हतियार तेस्रो पक्षलाई बेच्ने कामको सुपरिवेक्षण गर्ने गरेको कुरा गृह मन्त्रालयले पनि थाहा पाएको थियो ।
त्यसपछि गृह मन्त्रालयका शीर्ष अधिकारीहरूले पनि यसमा भाग खोज्न थालेका थिए । उनीहरूले आफ्नो गुप्तचर निकायमार्फत सूचना संकलन गरिरहेका थिए । रक्षा मन्त्रालयको अवैध गतिविधिको प्रमाण फेला पारेपछि उनीहरूले अधिकारीहरूलाई ब्ल्याकमेल गर्न थालेका थिए ।
त्यसपछि रक्षाका शीर्ष अधिकारीहरूले गृहका शीर्ष अधिकारीलाई नाफाको पहिलो खेप बुझाइसकेका थिए । तर यसरी पैसा बुझाइरहनु ठीक नहुने कुरा उनीहरूले महसूस गर्न थालेका थिए ।
त्यसमाथि गृहमन्त्री मोनास्तिर्स्कीले युक्रेनी सेनाको शीर्ष नेतृत्वलाई पहिलेदेखि नै तनाव दिँदै आएका थिए । द न्युयोर्क टाइम्सका एन्ड्रु ई क्रेमरका अनुसार, मोनास्तिर्स्कीले राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न तथा जनतालाई थप राम्रो सेवाप्रवाह गर्न खोजेका थिए ।
भ्रष्टाचार उन्मूलन भन्दा पनि रक्षा मन्त्रालय तथा युक्रेनी सेनाले गर्दै आएको भ्रष्टाचारका विषयमा मोनास्तिर्स्कीले सूचना संकलन गरी ब्ल्याकमेल गर्न थालेका थिए । युक्रेनको राष्ट्रिय प्रहरी उनकै मातहतमा रहेकाले उनी राष्ट्रपति जेलेन्स्की तथा युक्रेनी सेनाको गोप्य सूचना पनि संकलन गर्ने गर्थे । त्यस सूचनाका आधारमा उनी र गृह मन्त्रालयका अधिकारीहरूले पैसा धुत्ने गरेका थिए ।
त्यसैले जीयूरका गुप्तचरहरूले मोनास्तिर्स्कीलाई बाटोबाट पन्छाउन हेलिकप्टरमार्फत राम्रो अवसर पाएका हुन सक्छन् । उनीहरूलाई राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येरमाकले व्यक्तिगत रूपमा अनुमति दिएका थिए ।
यससँगै एउटा प्रश्न पनि उठ्छ । मोनास्तिर्स्की, उनीभन्दा ठीक मुनिका एभ्गेनी येनिन र मन्त्रालयका अन्य सात अधिकारीहरू एकैपटक हेलिकप्टरमा किन चढेका हुन् ? त्यो हेलिकप्टर युक्रेनको आकस्मिक मामिला मन्त्रालयले उपलब्ध गराएको थियो ।
भन्नलाई त उनीहरू युक्रेनको एक युद्धग्रस्त स्थानको भ्रमण गर्ने उद्देश्यले हेलिकप्टरमा चढेको बताइएको छ । तर मन्त्रालयका सबै शीर्ष अधिकारीहरू यसरी एउटै हेलिकप्टरमा प्रायः चढ्ने गर्दैनन् । हिजोको जस्तै दुर्घटना हुन सक्ने डरले पनि सुरक्षा निकायले शीर्ष अधिकारीहरूलाई बेग्लाबेग्लै विमान वा हेलिकप्टरमा जान सुझाव दिन्छ ।
त्यसैले बाहिर देख्दाखेरी यो दुर्घटना नै भए पनि यसका पछाडि अनेकौं षड्यन्त्रका तानाबाना बुनिएको हुन सक्ने कुरालाई ठाडै नकार्न सकिँदैन । अनि यस घटनाले जेलेन्स्की सरकारमा ठूलै समस्या रहेको संकेत दिन्छ ।
जेलेन्स्की र युक्रेनका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल भ्यालरी जालुज्नीकै बीचमा पनि असमझदारीहरू रहेको बताइन्छ । जेलेन्स्कीले रुसीहरूलाई कुनै पनि किसिमको विजयको दाबी गर्न नपाउने गरी अग्रमोर्चाका शहरहरूको प्रतिरक्षा गरिरहन युक्रेनी सेनालाई निर्देशन दिएको जालुज्नीले चित्त नबुझाएको बताइन्छ ।
सोलेडार शहर आफूहरूको नियन्त्रणमा नरहने सुनिश्चित भए पनि जालुज्नीलाई त्यहाँ लडिरहनका लागि सेनालाई निर्देशन दिन जेलेन्स्कीले दबाब दिएको बताइन्छ । जेलेन्स्कीको अडानका कारण व्यर्थैमा धेरै युक्रेनी सैनिकको ज्यान गएको र अब वसन्त याममा युक्रेनले नयाँ आक्रमणको योजना बनाउन गाह्रो परेको भनी जालुज्नीले चित्त नबुझाइरहेको खबरहरू आएका छन् ।
त्यसबाहेक आफ्नै सल्लाहकारसँग पनि जेलेन्स्कीको ठ्याक नमिलिरहेको देखिएको छ । गत शनिवार (जनवरी १४) मा युक्रेनको नीप्रो शहरमा एक आवासीय भवनमाथि भएको क्षेप्यास्त्र प्रहारका विषयमा जेलेन्स्कीका सल्लाहकार तथा पूर्व गुप्तचर अधिकारी ओलेक्सी आरेस्तोविचको बयान विवादास्पद बनेपछि उनले राजीनामा दिएका छन् ।
उक्त भवनमा ४४ जनाको ज्यान जाने गरी भएको विस्फोट रुसी क्षेप्यास्त्रले नभई युक्रेनको हवाई प्रतिरक्षा प्रणालीको क्षेप्यास्त्र रुसी क्षेप्यास्त्रसँग ठोकिएर झरेपछि भएको आरेस्तोविचले बताए । उनको यस भनाइलाई रुसीहरूले अत्यधिक प्रचारप्रसार गरेपछि पहिला उनले फेसबूकमा माफी मागेका थिए । तर पछि राजीनामा नै दिनुपर्यो ।
त्यतिले मात्र नपुगेर युक्रेनका शत्रुहरूको नामको कालोसूचीमा आरेस्तोविचको नाम समेत चढाइएको छ । संसारभरि जेलेन्स्कीका लागि रणनीतिक सञ्चार गर्ने नाममा एकपछि अर्को झूटो कुरा बोल्ने आरेस्तोविचले एउटा सत्य कुरा बोल्दा कालोसूचीमा परेर ज्यानकै खतरा बेहोर्नुपरेको छ ।
हुन त यसअघि पनि आरेस्तोविचले एकाधपटक सत्य कुरा बोल्ने गरेका थिए । रम्बल नामक सामाजिक सञ्जालमा नर्वेली राजनीतिशास्त्री ग्लेन डीसेनले राखेको पुरानो भिडियोमा आरेस्तोविचले एक अन्तर्वार्ताका क्रममा जेलेन्सकीको नीतिका कारण युक्रेनमा रहेका रुसीभाषीहरू बिच्किरहेको र रुसतर्फ आकर्षित भइरहेको बताएका थिए ।
यहुदी जेलेन्स्कीले क्रिस्चियानिटीविरुद्ध युद्ध गरिरहेको समेत उनले बताएका थिए । युक्रेनी सञ्चारमाध्यम किएभ इन्डिपेन्डेन्टले आरेस्तोविचका अन्य विवादास्पद बयानको फेहरिस्त प्रस्तुत गरेको छ ।
जे होस्, यस्तो सिधासिधा कुरा गर्ने भए पनि जेलेन्स्कीले आरेस्तोविचलाई आफ्ना निकटवर्ती नै मान्थे । तर पछिल्लो बयानले निम्त्याएको विवादले आरेस्तोविचलाई डुबाइदियो ।
यी प्रकरणहरूले जेलेन्स्की सरकारमा खटपट रहेको संकेत दिन्छन् । यसैबेला पश्चिममा पनि युक्रेन युद्धप्रति वितृष्णा भाव पलाउन थालेको देखिन्छ । भन्नलाई त पश्चिमाहरू युक्रेनलाई अन्तिमसम्म साथ दिने भनिरहेका छन् तर हतियार सहयोग गर्ने विषयमा उनीहरूबीच विमति छ ।
जेलेन्स्कीले डाभोसमा रुसको नयाँ आक्रमणअघि नै युक्रेनलाई हतियार उपलब्ध गराउन आह्वान गरे । जर्मनीले लेपर्ड ट्यांकहरू दिन ढिलाइ गरिरहेको सन्दर्भमा उनले शीघ्र हतियार दिन जोड गरेका हुन् । तर अमेरिकाले युक्रेनलाई एम१ अब्राम्स ब्याटल ट्यांक नदिउन्जेल जर्मनीले लेपर्ड ट्यांक दिन नसक्ने जर्मनीका चान्सलर ओलाफ शोल्जले बताएका छन् ।
त्यस्तै पोल्यान्डका प्रधानमन्त्री म्याटेउज मोराविकीले युक्रेनका समर्थक राष्ट्रहरू थकित जस्तो देखिएको र युद्धमा उनीहरू पहिलेको जस्तो उत्साहित रूपमा सहभागी नबनेको बताएका छन् । डाभोसमा पोल्यान्डको सरकारी च्यानल टीभीपीसँगको अन्तर्वार्तामा उनले पश्चिम अब थकित भएर सामान्य जीवन जिउन खोजिरहेको जस्तो देखिएको बताए ।
यसरी आन्तरिक रूपमा मन्त्रालयहरूबीच विवाद तथा बाह्य रूपमा पश्चिमाहरूको वितृष्णाका कारण जेलेन्स्की चरम दबाबको स्थितिमा छन् । उता रुसले युक्रेनको दोस्रो प्रतिरक्षात्मक रेखामा पर्ने बाखमुत शहरमाथि धावा बोल्नका लागि सोलेडार शहर नियन्त्रणमा लिइसकेको छ ।
यस्तो स्थितिमा जेलेन्स्कीले रुससँग कूटनीतिक वार्ताका लागि पहल गर्नुपर्ने हो । तर अन्तिम युक्रेनीको सास रहुन्जेल रुसविरुद्ध लडाइरहने अमेरिकी चाहनालाई जेलेन्स्कीले अवलम्बन गरिरहने देखिन्छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...