
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको न्यानोपन' अभियान सञ्चालन गरेको छ ।
कम्पनीले उक्त अभियानअन्तर्गत दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम संचालन गरी कम्बल तथा न्याने कपडा वितरण गरेको छ ।
सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो ।
सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात् गर्दै सूर्यज्योतिको न्यानोपनमार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको शुरुवात गरेको हो ।
त्यस्तै गुल्मीमा बौद्धिक र बहिरा -अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण र माझीगाउँ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरी कार्यक्रम सम्पन्न गरियो ।
दुवै कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक एवं शिक्षक र शिक्षिकाहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, दुवै वार्डका वडाध्यक्षहरू, सूर्यज्योति लाइफ इन्स्योरेन्स गुल्मी शाखाका एजेन्सी म्यानेजरहरूको सहभागिता थियो ।
त्यस्तै, उक्त अभियानअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा गरिब तथा विपन्नहरूलाई कम्बल वितरण गरियो ।
महोत्तरीको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योति लाइफ इन्सोरेन्सका मधेस प्रदेशका प्रमुख दीपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । साथै, जलेश्वर, लहान र वीरगञ्जमा पनि कम्बल वितरण गरिएको थियो ।
केही हप्तादेखि चिसो बढदै गएकाले यसबाट जोगिन कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमका अभियान देशका अन्य स्थानमा पनि गर्दै जाने प्रतिबद्धता पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले व्यक्त गरे ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरपश्चात् बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१-२०१५ बाट सम्मानित भइसकेको छ ।
हाल चुक्ता पुँजी ४.५४ अर्ब रहेको यस कम्पनीले देशभर १८१ शाखा कार्यालयहरूमार्फत उच्चस्तरीय जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।