
प्रेमी–प्रेमिकाको सम्बन्ध विशेष र पवित्र हुनुपर्छ, जहाँ पर्याप्त विश्वास समेत हुन्छ । तर एक प्रेमीले प्रेमिकाको बेडरूमसम्मै पुगेर अवैध कार्य गरेको पाइएको छ ।
ब्रिटेनको मेनचेस्टरका ३० वर्षीय केविन रलड्सले प्रेमिकाको घरभित्र बेडरूमसम्मै गाँजा खेती गरेको पाइएको छ । प्रहरीले छापा हानेपछि घटना बाहिर आएको छ ।
प्रेमिका सिमोन केन्योन घरमा नभएको बेला पारेर उनले बेडरूमलाई गाँजा खेतीका लागि प्रयोग गरेका थिए । ऋणमा परेका उनले ऋणमुक्त हुन गाँजाखेतीको सहारा लिन खोजेका थिए तर प्रहरीले थाहा पाएपछि फन्दामा परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
उनले बेडरूमदेखि घरघरमा कुनाकुनासम्म करीब २४ लाख रुपैयाँको गाँजा रोपेका थिए । विद्युत्का कर्मचारी मिटर लगाउन घरमा आएपछि प्रेमीका हर्कतको खुलासा भएको हो ।
अदालतले गाँजा खेतीमा दोषी ठहर गर्दै उनलाई १९ महिना जेल सजाय तोकेको छ ।