२९ जेठ २०८३, शुक्रबार

उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान

उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन्। 

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका लिङ्देनले ८३ औं पटक रक्तदान गरेका हुन्। 

त्यस अवसरमा लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको बताए। उनले बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कैयौंपटक रक्तदान गरेको स्मरण गरे। 

'योजस्तो पवित्र कार्य अर्को कुनै छैन,' लिङ्देनले भने, 'अहिलेका युवामा रक्तदानप्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ ।' 

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं हालैको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभा उमेदवार रवीन्द्र मिश्रले पार्टीको क्षेत्रीय समितिले पाक्षिक रूपमा कुनै न कुनै सामाजिक जागरणका कार्यक्रम गर्ने र रक्तदानजस्तो पवित्र मानव धर्मले अस्पतालहरूमा बिरामीका लागि रगतको आपूर्तिमा टेवा पुग्ने बताए। 

युवा संगठनका संयोजक राजेश भट्टराईले १०० भन्दा बढी रक्तदाताले रक्तदान गरेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्