×

Nic Asia
Dabur
Prabhu Bank

को हुन् उपसभामुखमा निर्वाचित इन्दिरा ?

दुई हजारभन्दा बढी बालबालिकालाई आश्रय दिएकी समाजसेवी इन्दिरा

विराटनगर | माघ ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विराटनगर । राजनीतिमा जोडिएको तिन महिनामै इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।

yONNEX
IME BANK INNEWS

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक बाट संसद् छिरेकी थिइन् । २०७९ मसिर ४ गते समापन्न चुनावका बेला मात्रै उनी पाटीमा जोडिएकी हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

५२ वर्षकी राना मगर संसद् यात्रा तय गर्नुअघि सामाजिक काममा सक्रिय थिइन् । उनी ३३ वर्षदेखि सामाजिक कार्यमा सक्रिय थिइन् ।

उनले कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावक बनेकी थिइन्। उनीहरूको लालनपालन तथा तथा शिक्षा दिने काम पनि गरेकी थिइन्।


Advertisment
Lokantar App
Saurya island

उनले दुई हजारभन्दा बढी बालबालिकालाई आश्रय दिएकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष पनि हुन् । उनले विभिन्न जिल्लामा बालगृहसमेत सञ्चालन गरेकी छन् ।

काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेकी छन् ।

Vianet communication

उनले १० वर्षकी हुँदा मात्रै विद्यालयमा गएकी थिइन् । एकै पटक कक्षा ५ मा उनी भर्ना भएकी थिइन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण इन्दिराले पनि दिएकी थिइन्। २०५३ सालमा स्नातक तहसम्म अध्ययन गरेकी थिइन्।

अशोक फेलो २००५ रहेकी उनी एशिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, लगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरूबाट सम्मानित भइसकेकी छन् । 

उनी अध्यक्ष रहेको बन्दी सहायता नेपाल गैरनाफामूलक, गैरराजनीतिक, एउटा गैरसरकारी सामाजिक संस्था हो । 

काठमाडौंको साँखुमा कच्ची घरबाट शुरू भएको बन्दी सहायता संस्थाद्वारा सञ्चालित विद्यालयमा १२० जना बच्चाहरूलाई पढाउने गरिएको छ । उनले सञ्चालनमा ल्याएको विद्यालयको नाम 'जुनकिरी स्कुल' हो।   

झापाको खुदनावारीमा बालगृहका लागि करिब दुई बिघा जग्गा खरिद गरी त्यसमा नयाँ पक्की घर बनाई बालगृह स्थापना गरिएको छ । साथै बुट्टाबारीमा डेड कठ्ठा जग्गामा एउटा छुट्टै जुनकिरी पुस्तकालय तथा जुनकिरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह पनि उनले सञ्चालनमा ल्याएकी छन्।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्त...

चैत ६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेश गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया शुरू भएको छ । उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रत...

चैत ६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल &...

चैत ६, २०७९

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।  प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको म...

चैत ६, २०७९

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्...

चैत ६, २०७९

जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x