०२ साउन २०८३, शनिबार

नवनिर्वाचित उपसभामुख भन्छिन् - इमानदार भएर काम गर्नेछु

नवनिर्वाचित उपसभामुख भन्छिन् - इमानदार भएर काम गर्नेछु

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्युहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताइन्। 

उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन्

नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो । उपसभामुख रानामगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने समेत बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्