
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासले गत पुस २२ मा लामिछानेविरुद्धको नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर माघ ११ गते पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश गरेको थियो ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पुरा नगरेको आरोप उनीमाथि छ । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रबिराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।