पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट’ ।
दक्षिण एसियामा सबैभन्दा बढी पार्टी सदस्य भएको ‘कम्युनिस्ट पार्टी’का रूपमा दर्ज भयो । २०७४ सालको चुनावमा एमाले–माओवादीबीच भएको गठबन्धनको परिणामले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भयो । ५ वर्ष सहज बहुमतमा रहेको नेकपा (नेकपा) अन्ततः विभाजन भयो ।
सोही विभाजनमा एमालेबाट माधवकुमार नेपाल समूहले छुट्टै पार्टी गठन गर्यो तर माओवादीका प्रभावशाली नेताहरू नेकपाको निरन्तरता भनेर एमालेमा बसे । त्यसको नेतृत्वकर्ता थिए रामबहादुर थापा ‘बादल’ । ओली नेतृत्वको सरकारमा माओवादी तर्फबाट नेतृत्व गर्दै गृहमन्त्री बनेका बादल । जब उनी गृहमन्त्री बने उहीबेलादेखि ओलीप्रति झुकाव राखेको भनेर माओवादी पक्षधरले आरोप लगाइरहे । ओली नेतृत्वको सरकारमा मन्त्री हेरफेर गर्ने प्रचण्डको धारणामा सधैं बादलको नाम कार्य क्षमतामा प्रश्न उठाउँदै फेरिनेको पहिलो सूचीमा राखियो ।
नेकपा विभाजनको अन्तिम समयमा अन्ततः बादलले एमालेमै रहेर राष्ट्रिय राजनीतिमा चर्चा पाए । उनको गृहमन्त्री पदले निरन्तरता पायो । मोहन वैद्यबाट पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किंदा प्रभावशाली जिल्ला, केन्द्रका नेताहरूले साथ दिएका थिए । बादल एमालेमा रहँदा २३ जना केन्द्रीय सदस्यहरू रहे पनि वैद्यबाट आएका नेता, कार्यकर्ता नगन्य थिए ।
माओवादी छोडेका कारण राष्ट्रियसभा सदस्य समेत गुमाएका बादल एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका छन् तर यतिखेर पार्टीमा उनको भूमिकाको कतै चर्चा सुनिँदैन । संघीय निर्वाचनमा काठमाडौं–१० बाट टिकट अस्वीकार गरेका बादल यतिखेर राष्ट्रिय राजनीतिमा गुमनाम छन् । उनलाई बरु एउटा आरोप लाग्यो – आफ्नी श्रीमतीलाई समानुपातिकतर्फ सांसद बनाए ।
गम्भीर स्वभावका बादल माओवादी ‘युद्धकाल’देखि कार्यकर्ता मिलाएर लैजाने बीच धारको नेतृत्व गरेर छवि निर्माण गरेका नेता हुन् । पार्टी निर्माणमा देखिएको उतारचढावमा बादल एक पात्रका रूपमा नाम दर्ज हुने व्यक्ति हुन् । बादल एमालेमै रहे । उनका सहकर्मी प्रचण्डले एमालेविरुद्ध गठबन्धन गरे । उनका पुराना सहकर्मी प्रचण्ड पुस १० गतेदेखि पुनः बालकोटबाटै प्रधानमन्त्री बने ।
संयोग कस्तो परेको छ भने बादल यतिखेर संसदीय राजनीतिको कुनै दृश्यमा देखिनन् । उनीसँगै प्रचण्डमा रहेकाहरू पनि यो दृश्यमा छैनन् । भलै पार्टी महासचिवको हैसियतमा देव गुरुङ सत्ता गठबन्धन प्रक्रियाका बैठकमा देखिन्छन् । गुरुङ, पम्फा भुसाल, राजकाजी महर्जन लगायत सबै नेता टिकट पाए पनि संघ, प्रदेशमा चुनावमा पराजित भएका छन् ।
युद्धका बादल र एमालेका रामबहादुर
माओवादीको १० वर्षे सशस्त्र संघर्षमा एउटा नाम आइरह्यो ‘बादल’ । लाहुरे परिवारमा जन्मे हुर्केका । मगर समुदायका रामबहादुर थापा ‘बादल’ मगर र लाहुरे संस्कारमा हुर्केकै कारण उनलाई युद्धकालभर सैन्य विज्ञको उपमा दिइयो । माओवादी युद्धकालका बादल उनको एउटा चर्चित भाषणको सन्दर्भ छ ।
२०६० जेठ २८ गते शान्ति वार्ता प्रक्रियामा पहिलो पटक देखिए खुलामञ्चमा । भाषणमा बादलले भनेका थिए – प्रतिक्रियावादीहरूले बारम्बार भिडन्तमा मर्यो भनेर हल्ला गरे । मेरो टाउकोको मूल्य तोकियो । अहिले यहीँ आएको छु । म हुँ बादल ।
गुल्मीको वडा गाउँमा २०१२ वैशाख १९ गते जन्मे उनी । बुवाको जागिरसँगै प्रारम्भिक शिक्षा भारतमा लिए । बुवाको अवकाशसँगै चितवनमा बसाइ सर्यो उनको परिवार । बसाइसराइसँगै स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण बादलले रामपुर क्याम्पस भरतपुरमा अध्ययन गरे ।
अध्ययनकै क्रममा २०३१ सालतिर अध्यक्ष प्रचण्डसँग भरतपुर क्याम्पसमा पहिलो भेट भयो । त्यही भेटबाट प्रचण्ड, मित्रराज दवाडी र खेम भण्डारी मिलेर पहिलोपटक नारायणी किनारमा मार्क्सवादी मण्डली बनाएर मार्क्सवादको अध्ययन थाले । जुन अध्ययनले उनीहरूलाई चिनियाँ सांस्कृतिक क्रान्तिको पक्षधर बनायो । यतिखेर बादल मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदली जनवाद’ कार्यनीतिमा समाहित भएर एमालेको उपाध्यक्ष बनेका छन् ।
माओवादी युद्धकाल, दुईतिहाइ नजिक ओली नेतृत्व सरकारको गृहमन्त्री । प्रचण्डसँग विद्रोह, एकता, पुनः विद्रोह गरेर एमालेमा रहेका बादल यतिखेर गुमनाम जस्तै छन् । वाम राजनीतिमा लामै इतिहास बनाएका बादल । यतिखेर राष्ट्रिय राजनीतिमा नाम र भौतिक उपस्थिति शून्य देखिएको छ । जसका कारण राजनीतिक वृत्तमा सोधिने प्रश्न हो ‘बादल खोई !’
बादलको राजनीतिक यात्रा
बादलले रामपुर क्याम्पसबाट आईएस्सीएजी सके । डिग्री कोर्सका लागि तत्कालीन सोभियत संघमा छात्रवृत्ति पाए । मस्कोको लुमुम्बा विश्वविद्यालयमा बाली विज्ञान (एग्रोनोमी) पढे । शक्तिशाली सोभियत मार्क्सवाद र लेनिनवादका लागि उर्वरभूमि बनेर शक्तिशाली थियो । बादलले त्यहाँ मार्क्सवादी अध्ययनलाई तीव्रता दिए ।
उनलाई नजिकबाट बुझ्नेहरू भन्छन् – सोभियत विकासको उत्कर्षमा पुगेको बेला बादल त्यहाँ रहे । त्यसको प्रभाव उहाँमा अझै गहिरो छ ।
अध्ययनको क्रममा सोभियतबाट आफ्नो जीवनमा के कस्तो छाप पर्यो ? बादलले त्यसबारे धेरै बताएका छैनन् ।
तत्कालीन सोभियत संघमा नेपाल साम्यवादी दलमा रहेर उनले काम गरे । नेपालमा २०३५/३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुग्दै थियो । त्यही समयमा उनी नेपाल आए । नेपाल फर्किएपछि बादल बहुदलको पक्षमा लागे । २०३७ सालमा प्रचण्डको प्रस्ताव र अमिक शेरचनको समर्थनमा ‘कम्युनिस्ट पार्टीको सदस्यता’ लिए । उनी त्यो बेला मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा सक्रिय भए ।
कम्युनिस्टको सदस्यता लिएपछि सुरक्षाका लागि भूमिगत नाम राख्ने चलन कम्युनिस्ट पार्टीको परम्परा नै हो । सदस्यता लिँदा उनले पहिलो भूमिगत नाम ‘लालसिंह’ राखे । पूर्णकालीनपछि ‘आकाश’ राखे । ‘आकाश’बाट उनी युद्धकालमा आइपुग्दा ‘बादल’बाट चिनिए ।
२०३८ सालकको चुनाव बहिष्कारको अभियानमा पक्राउ परे । पक्राउपछि उनी १० महिना जेल बसे । जेलबाट छुटेलगत्तै जिल्ला कमिटी हुँदै ४ महिनामा क्षेत्रीय ब्युरो सदस्य बने । २०४२ सालमा उनी तत्कालीन नेकपा (मशाल) को केन्द्रीय सदस्य बने । त्यसलगत्तै उनले राप्ती अञ्चलको जिम्मा पाएका थिए ।
यता २०४३ सालको सेक्टर काण्डपछि उपत्यका अस्तव्यस्त भयो । उपत्यकाको अस्तव्यस्तता सम्हाल्न २०४४ सालमा थापा बागमती इन्चार्ज भए । उपत्यकामा रहेका देव गुरूङलाई गण्डकी पठाइयो । थापा निरन्तर राप्तीमा १ दशक बसे । उनकै नेतृत्वमा ‘सिज’ (सिस्ने जलजला) अभियान चल्यो । ‘जनयुद्ध’को मुख्य जग र कोशेढुंगा साबित बन्यो अभियान । जुन बेला त्यहाँ मगर समुदायले उनलाई निकै साथ दिए ।
माओवादी छोडेका कारण राष्ट्रियसभा सदस्य समेत गुमाएका बादल एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका छन् तर यतिखेर पार्टीमा उनको भूमिकाको कतै चर्चा सुनिँदैन । संघीय निर्वाचनमा काठमाडौं–१० बाट टिकट अस्वीकार गरेका बादल यतिखेर राष्ट्रिय राजनीतिमा गुमनाम छन् । उनलाई बरु एउटा आरोप लाग्यो – आफ्नी श्रीमतीलाई समानुपातिकतर्फ सांसद बनाए ।
बादललाई पहिलोपटक भेट्दाको सम्झना गर्दै माओवादी छोडेर कृषिकर्ममा लागेका पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरले एक स्मरणमा भनेका थिए, ‘ओहो त्यो बेला बादलजी त हाम्रा लागि फिल्मको हिरो जस्तो हुनुहुन्थ्यो । त्यस्तो मगर त कम्युनिस्ट भए हामी किन नहुने कम्युनिस्ट भनेर हुरुरु पछि लागियो ।’
संगठक मानिने बादलले जहाँ ‘रिक्स’ क्षेत्र हो, त्यहाँ कमाण्ड लिएको युद्धकालको इतिहास छ । राप्ती, उपत्यका विशेष, पूर्वी क्षेत्रको पूरै कमाण्ड गरेका छन् उनले । पहिलो संकटकाल घोषणा हुँदा बादल पाटनको नःटोलमा बसेका थिए । सुरक्षा निकायबाट आँखा छल्न चाइनिज व्यापारी भनी उपत्यका छोडेका थिए ।
उनका सहयोगीहरू जति ठूलो आक्रमण, घेरामा परे पनि उनमा नहड्बडाउने बानी रहेको सम्झना गर्छन् । उनको स्वभाव अहिले पनि त्यही देखिन्छ ।
माओवादीमा बादलले व्यहोरेका ‘सकस’
२०५८ साउनमा रविन्द्र श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उभ्याउने ढंगले बादललाई एकाएक स्थापित गर्नुपर्नेमा जोड दिए । उक्त प्रस्तावबाट उपत्यकामा असामान्य स्थिति आयो । श्रेष्ठले साउनमा बादललाई स्थापित गर्ने प्रस्तावबारे २०५८ कात्तिकमा फरिदावादमा सम्पन्न पोलिटब्युरो बैठकमा उपत्यकाभित्र समस्या हल गर्नेबारे वैद्य, बादल, रविन्द्र एकतिर भए । बादलको त्यो व्यवहारबाट प्रचण्डमा शंका पैदा भयो । त्यो शंकाले प्रचण्ड–बादलबीच दूरी बढ्यो ।
२०६० सालको वार्ता टोलीमा बादल सदस्य बने । जुन बेला पहिलोपटक बादल सार्वजनिक भएर भाषण गरे । वार्ता चलिरहेकै बेला राजा ज्ञानेन्द्रसँग प्रत्यक्ष वार्ता गर्ने भनियो । त्यो बेला दरबारबाट बाबुरामबाहेक बादल लगायतसँग मात्रै भेट्ने प्रस्ताव आयो । जसका कारण भट्टराई झस्किए । सोही प्रकरणका कारण बादल–बाबुरामबीच अन्तर्विरोध चर्कियो । यतिसम्म भयो कि बादललाई मूल्यांकन गर्ने विषयमा प्रचण्ड र भट्टराईबीच अर्को विवाद चर्कियो ।
२०६१ असारमा इलाहावादमा प्रचण्ड, भट्टराई, दीनानाथ शर्मा लगायतबीच पार्टीभित्र मुख्य समस्याको केन्द्रमा बादल रहेको कुरा चल्यो । बादललाई हेडक्वार्टर कब्जा गर्न भट्टराईले उक्साएको भन्ने अर्को आशंका प्रचण्डले गरे । पूर्वी कमाण्डबाट बादल प्रचण्डसँग भेटघाट गर्दा भट्टराई फेरि सशंकित बनेका थिए ।
युद्धकालमा माओवादीभित्र चलेको अन्तर्विरोध झन् चर्कियो । २०६१ सालमा पश्चिम कमाण्डमा प्रचण्ड पक्षबाट भट्टराई, बादल, गोपाल किराँतीको भण्डाफोर गरियो । आफ्नो कमाण्डरको कमाण्ड कहिलेकाहीँ उल्लघंन गरेको औंल्याउँदै चुनवाङको चर्चित बैठकमा थापाले आत्मालोचना गरेका थिए । जसलाई प्रचण्ड र बाबुरामहरूले ‘लिनप्योवादी’ भनेर आक्षेप लगाएका थिए ।
चुनवाङको बैठकमा बादलले प्रचण्डसँगको सम्बन्धमा भनेका थिए, ‘कमरेडहरू ! म मगर जातिबाट आएँ । मगर परिवारमा जन्मन खोज्ने मेरो इच्छा त थिएन । म मगर जातिको परिवेश र संस्कारसहित आएँ । अध्यक्ष प्रचण्ड, तपाईं ब्राह्मण परिवारमा जन्मेर आउनुभयो । तपाईं पनि ब्राह्मण परिवारमा जन्मिछु भनेर जन्मिनुभएको होइन । त्यो ऐतिहासिक परिवेश र संस्कारसहित तपाईं आउनुभयो र इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो । हाम्रो फ्युजन भयो, आफ्ना सीमा र संस्कारसहित मार्क्सवादबारे हामीबीच अन्तर्विरोध छैन तर संस्कारहरूमा अन्तर्विरोध छ ।’
बादलको स्वभावजन्य वा परिस्थिति शान्ति प्रक्रियापछि बादल केही समय सार्वजनिक कार्यक्रममा देखिएनन् । धेरैले शंका गरेका थिए, ‘बादल’ कहाँ छन् ? २०६२/६३ सालपछि उनी एक्कासी साउनमा पार्टीको जातीय मोर्चा मगरात मुक्ति मोर्चाको पाल्पा अधिवेशनमा देखिए । सञ्चारमाध्यममा आउन बादल त्यति रुचाउँदैनन् ।
२०६३ सालमा पार्टीबाट ८३ जना अन्तरिम संसदमा सभासद् छान्ने जिम्मा बादलकै थियो । २०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्ष/समानुपातिक उम्मेदवार छान्ने जिम्मा पनि उनैले पाएका थिए । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट विजयी बने । बाहिरी सैन्य विज्ञको दर्जा पाएका थापा गणतन्त्र नेपालको पहिलो मन्त्रिपरिषद्मा रक्षामन्त्री बने ।
पहिलो संविधान सभाको ठूलो दल माओवादीले सरकारको नेतृत्व गरिरहेको बेला बादलकै मन्त्रालय अन्तर्गत रहेका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदच्युत गर्ने प्रस्ताव ल्याए । बादलले प्रधानसेनापतिलाई पदच्युत गर्दाको परिणाम के हुन्छ भन्ने अनुमान गर्न सकेनन् भन्नेहरू छन् । यसको प्रभाव के रह्यो भन्ने विषयमा उनले अझै मुख खोलेका छैनन् । बरु गृहमन्त्री हुँदा, रक्षामन्त्री हुँदा कमजोरी गरेको भनी आलोचना भने खेप्नु परिरह्यो ।
अहिलेसम्म रहस्यमै रहेको निर्मला पन्त बलात्कारपछि हत्याको विषयमा बादल सबैभन्दा बढी विवादित बने ।
माओवादी भर्खर शान्ति प्रक्रियामा प्रवेश गरेको थियो । मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल भारतबाट जेलमुक्त भएर नेपाल आएका थिए । पहिलोपटक वैचारिक रूपमा महत्त्वपूर्ण मानिएका बालाजु, खरिपाटी बैठकमा बादल पार्टी एकढिक्का बनाइराख्नुपर्छ भन्नेमा अडिग रहे । जुन बेला पार्टीमा उनी कार्यकर्ताका प्रिय नेता बने ।
पार्टी बहुपदीय ढाँचामा गयो । बादल पार्टीको शक्तिशाली पद महासचिवमा आए । खरिपाटीमा १७ दाहाल र १७ वैद्य पक्षमा हुँदा बादल तटस्थ बसेका थिए । त्यही नजिरलाई हेरेर एउटा जमात गुटको कुरा गर्दा भन्ने गथ्र्यो, ‘पार्टी फुटाउनु हुँदैन, हामीले बादल दाइले जस्तो भूमिका खेल्नुपर्छ ।’
२०६७ मंसिरको पालुङटार विस्तारित बैठकसम्म प्रचण्डसँगै थिए बादल । प्रचण्डले २०६८ वैशाखमा शान्ति र संविधानका लागि ‘बोल्ड डिसिजन’ लिएँ भनी सेना समायोजन गर्ने निर्णय सुनाए । त्यसपछि बादलले प्रचण्डको साथ छोेडे । एकीकृत माओवादी २०६९ असारमा विभाजन भयो । बादल वैद्य समूहमा गए । २०७० सालको चुनाव वैद्य समूहले बहिष्कार गर्यो, जसको क्षति मूल माओवादीले व्यहोर्यो ।
वैद्य समूहबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाहिरिएपछि बादल समूह २०७३ जेठ ६ गते पुनः प्रचण्डसँग समाहित भयो । तत्कालीन एमाले र माओवादीबीच चुनावी तालमेल हुँदा बादलले प्रत्यक्षमा टिकट पाएनन् । उनले टिकट नपाउनुमा पनि आन्तरिक विवाद नै देखिएको थियो । बादल पछि राष्ट्रिय सभामा निर्वाचित भए । सरकार गठनताका पनि उनलाई गृह मन्त्रालय नदिन पार्टीमा लामै अन्तर्संघर्ष चल्यो ।
एमाले उपाध्यक्ष बनेका बादलको पार्टीभित्र कस्तो ‘पोजिसन’ छ ? धेरैको अड्कलबाजी चल्छ । तत्कालीन नेकपा विभाजन हुँदा उनीसँगै रहेका केही नेता, कार्यकर्ताको भेटघाटमा त रहन्छन् बादल, त्योसँगै माओवादीमा जस्तै बादलले अर्को ‘सकस’ व्यहोरेर कतै गुमनाम त बसेका छैनन् ?
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...