१९ असार २०८३, शुक्रबार

भारतले नेपाली भूमि डुबानमा पार्नु आक्रमण जस्तै होः सुवाल

कात्तिक २०, २०७४
भारतले नेपाली भूमि डुबानमा पार्नु आक्रमण जस्तै होः सुवाल
काठमाडौं, ४ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सम्मुखपरेको अविरल वर्षापछि भारतले नेपालको सिमाना र अझ दशगजामै बनाएका २०–२५ वटा व्यारेज, बाँध र तटबन्धको कारण झापादेखि कञ्चनपुरसम्म तराई–मधेसका ८० प्रतिशत भूमि डुबानमा प-यो र जनधनको क्षति भयो ।

यतिबेला नेपाली सञ्चार माध्यममा बाढी र डुबानमा परेका नेपालीहरुको व्यथास“गै भारतको विरोधमा समाचार प्रकाशित भइरहेको छ ।

चीनको भूमि दोक्लाममा भारतीय सेनाको उपस्थितिको समर्थन गराउन भारतले सुनौली–भैरहवानाकाबन्द गरी नेपाललाई दबाबदिएको पनि समाचार प्रकाशित भयो ।

भारतले नेपालको भूमि डुबानमा पर्नेगरी बनाएका बाँध नेपाल विरुद्ध भारतको आक्रमण जस्तै हो भने सुनौलीनाका रोकेको पनि नाकाबन्दी जस्तै हो ।

नेपालका तथाकथित बुद्धिजीवीहरु र एनजीओका सेठहरु विदेशीको पैसा खाएर भारतको संवेदनशीलता बुझ्नुपर्ने, दुई देशको सम्बन्ध बुझ्नुपर्ने र अझ नेपाल भारतको प्रभाव क्षेत्र हुनुपर्ने कुतर्क राख्दैछन् ।

नेपाल कसैको प्रभाव क्षेत्र हुन सक्दैन । नेपाल–भारत सम्बन्धको गुह्य कुरा थाहा नपाएकाहरु एक धार्नीचाकु खाएर पनि स्वाद ठम्याउन नसकेकाहरु हुन् । भूगोल र जनसंख्याले नेपाल भन्दा ठूलो भारतले नेपालको संवेदनशीलनता हेर्ने हो । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । नेपालले भारतलाई प्राथमिकतामा राख्नुपर्ने भन्नेहरु भारतीय दलालहरु हुन् ।

नेपालविरुद्ध भारतले थिचोमिचो नगरेसम्म नेपालले तेस्रो मुलुकलाई भारतविरुद्ध गतिविधि गराउने छैन । नेपालका कथित बुद्धिजीवीहरुले भारतको नेपालनी तिनभएको जस्ता झूठातर्क गर्दैछन् ।

भारतको प्रबुद्ध समूहका एक सदस्यले नेपाल–भारत सन्धि पुनरावलोकनबारे नेपालको प्रबुद्ध समूह स्पष्ट नभएको बताए ।

भारतले नेपालको सूक्ष्म व्यवस्थापनमा हात हालेको र थिचोमिचो गर्दै आएको के भारतको नेपाल नीति होइन र ?भारतकै प्रगतिशील जनताबाट नेपालमाथि भारतको थिचोमिचोनीतिको विरोध भइरहेको छ ।

नेपालका कथित बुद्धिजीवीहरु भारतको नागरिकजस्तै बोलेको नेपालको हितमा छैन । विदेशीको दलाल हुनु नेपाली नागरिकहरुको कर्तव्य हुन सक्दैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा पर्खाल लगाएर छेक्ने बताएको बेठिक भएजस्तै नेपाल–भारत खुलासिमानामाबार लगाउनु पनि अव्यवहारिक हुने तर्क पनि गरिंदैछन् ।

नेपाल–भारत खुलासिमानाको कारण एक अर्को देशमा अपराधी लुक्ने र दुवै देशको सुरक्षामा चुनौति थपिंदैछ । यसकारण नेपाल–भारत खुला सीमामाबार लगाउनु आवश्यक छ ।

भूकम्प पीडितलाई सहुलियत व्याजमा दिइएको भारतीय कम्पनीको ट्याक्सीमा दलालले प्रतिगोटा रु. ५ लाख कमिशन खाएको, त्यो कमिशन सरकारमागएका पार्टी कार्यकर्ता हुँदै मन्त्री र प्रमसम्म भागपुगेको चर्चा छ ।
संविधानमा समाजवाद उन्मुख प्रावधान छ तर व्यवहार दलाल उन्मुख किन?भारतीय एकाधिकार पू“जीले दलालहरु मार्फत नेपाल खाने तयार गरिरहेको तर्फ ध्यान किन जाँदैन ?

(व्यवस्थापिका संसदको भदौ ४ गतेको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको मन्तव्यको सार)

salt training

कमेन्ट गर्नुहोस्