×

NMB BANK
NIC ASIA

संविधान र अदालतको अवज्ञा गर्दै कर्णाली प्रदेशमा मन्त्रिमण्डल गठन

माघ ११, २०७९

NTC
Premier Steels

नेपालको संविधान र उच्च अदालत सुर्खेतले यसअघि दिएको निर्देशनात्मक आदेशको उल्लंघन गर्दै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन गरिएको छ ।

Muktinath Bank

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात सदस्यीय मन्त्रिपरिषद्मा, दलित, जनजाति समुदायको प्रतिनिधित्व नै छैन।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ (९) बमोजिम पुस २८ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्य विभाजन गरेका थिए ।

Vianet communication

संविधानको उक्त धारामा प्रदेशसभामध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी मन्त्रिपरिषद् गठन हुने प्रावधान छ ।

कर्णाली प्रदेशसभामा झण्डै ३९ प्रतिशत महिला सांसद छन् । तर सिंगो मन्त्रिपरिषद्मा समावेशीको पहिला हकदार मानिने महिलाको प्रतिनिधित्व गराइएको छैन ।

माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शर्माले पुस २८ गते दुई मन्त्री नियुक्त गरेका थिए ।

विनाविभागीय मन्त्रीद्वय एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना  र माओवादी केन्द्रका मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवगठित मन्त्रिपरिषद्मा शाह दोस्रो र शाही तेस्रो वरीयतामा छन् । त्यस्तै बुधबार नियुक्ति र पद तथा गोपनियताको शपथ लिएका ४ मन्त्रीहरूमा एमालेबाट टेकराज पछाई सामाजिक विकास र जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका छन् ।

पछाई जुम्ला र मल्ल मुगुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादी केन्द्रका भीमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी र कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् ।

शर्मा सल्यान र जिसी सुर्खेतबाट प्रत्यक्ष निर्वाचित हुन् । नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएका थिए ।

अधिवक्ता शेरबहादुर खत्रीले मन्त्रिपरिषद् समावेशी नहुँदा संविधानको उल्लंघनमात्र नभई अदालतको आदेशको अवहेलनासमेत भएको टिप्पणी गरे ।

गत वर्ष जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारले मन्त्रिपरिषद् गठनमा समावेशी सिद्धान्त पालना नगरेको भन्दै खत्रीले अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले संविधानको कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार तत्कालीन सरकारले प्रदेशसभा सदस्य कृष्णा शाहलाई मन्त्री नियुक्त गरेको थियो ।

अधिवक्ता खत्रीले सात सदस्यीय मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व नगराउनु संविधान र व्यवस्थाप्रतिकै अपमान भएको बताए ।

२०७८ फागुन १० गते अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी, न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले समावेशी सिद्धान्तअनुसार प्रदेश मन्त्रिपरिषद् गठन गर्नुपर्ने व्यवस्था संविधानको धारा १६८ (९) मा उल्लेख देखिएको अवस्थामा उक्त प्रावधानको पूर्ण कार्यान्वयन गर्न प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाउमा निर्देशनात्मक आदेश दिएको थियो ।

उर्मिला विक राज्यमन्त्री नियुक्त

कर्णाली प्रदेशमा मन्त्रालयको कूल संख्या सात छ । प्रदेश राजपत्रमा सोमबार प्रकाशित मुख्यमन्त्री कार्यालयको सूचना अनुसार प्रदेशसरकार कार्यविभाजन नियमावली २०७४ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी यसअघि टुक्र्याइएको ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई पुनः भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभिएको छ ।

जसले गर्दा मन्त्री राज्यमन्त्री गरी सात मन्त्रीभन्दा बढी नियुक्त गर्न मिल्दैन । तर मुख्यमन्त्री शर्माले आलोचनाबाट बच्न माओवादी केन्द्रका सांसद उर्मिला विकलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री नियुक्त गरेका छन् ।

विक डोल्पाबाट समानुपातिक प्रणालीबाट प्रदेशसभामा निर्वाचित भएकी हुन । उनलाई मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x