२५ जेठ २०८३, सोमबार

'तु झुटी मै मक्कार'मा रणवीरको नयाँ लुक्स, श्रद्धाको बिकिनी

'तु झुटी मै मक्कार'मा रणवीरको नयाँ लुक्स, श्रद्धाको बिकिनी

रणवीर कपुर र श्रद्धा कपुरको आगामी फिल्म ‘तु झुठी मै मक्कर’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ।

लभ रञ्जनद्वारा निर्देशित फिल्म २०२३ सबैभन्दा प्रतिक्षित चलचित्र हुने उनीहरूले दाबी पनि गरेका छन्। फिल्ममा रणवीर र श्रद्धाको जोडी पहिलो पटक पर्दामा देखिँदैछन्।

भर्खरै रिलिज भएको चलचित्रको ट्रेलरले सामाजिक सञ्जालमा निकै तारिफ र कमेन्ट बटुलेको छ । यस्तो अवस्थामा अहिले फ्यानहरू रणवीर र श्रद्धालाई फरक–फरक अवतारमा हेर्न उत्सुक छन् ।

फिल्मको ट्रेलरमा रणवीर र श्रद्धाको फरक फरक लुक्स देखाइएको छ भने फिल्मको एउटा दृश्यमा रणवीर निकै 'हट' देखिएका छन् ।

दृश्यमा रणवीरले कालो सनग्लाससहित पहेँलो सर्ट लगाएको देखिन्छ। फिल्ममा उनले आफ्नो सिक्स प्याक बडी प्रदर्शन गरेका छन् भने श्रद्धा पनि बिकिनीमा देखिएकी छन्।

रोमान्टिक जनारामा बनाइएको फिल्म मार्च ८ मा रिलिज हुँदैछ।  

salt training

कमेन्ट गर्नुहोस्