
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन जस्तो देखिने धातु करिब ३० ग्रामसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन् । ६२ वर्षीया मिगमार डोल्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एयर ईण्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी डोल्माले ल्याएको झोलालाई जाँच गर्ने क्रममा झोलाभित्र उक्त धातुसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीलाई आवश्यिक कारबाहीको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।