३० जेठ २०८३, शनिबार

सुनजस्तो सामग्रीसहित एक अमेरिकन पक्राउ

सुनजस्तो सामग्रीसहित एक अमेरिकन पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेजबाट एक जना अमेरिकन नागरिक पक्राउ परेका छन् । चेकिङ एरियाबाट सुनजस्तो देखिने धातु करिब ३० ग्रामसहित अमेरिकी नागरिक ६२ वर्षीया मिगमार डोल्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

एयर इण्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी डोल्माले ल्याएको झोलालाई जाँच गर्नेक्रममा झोलाभित्र उक्त धातुसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्