२१ असार २०८३, आइतबार

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । 

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा  रिट निवेदकहरूले बहस गरेका  थिए । 

पुनः नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने उनीहरुको जिकिर थियो भने सरकारी वकिलहरूले कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक नहुने तर्क गरेका थिए। 
बहस नसकिएकाले मुद्दाको सुनुवाइ आज पनि हुने भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्