
राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेसहितका निर्णय लिन सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ ।
बिहीवारको बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिको चुनावमा कसरी जाने भन्ने विषयमा राय दिन सदस्यहरूलाई आग्रह गरेका थिए । कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्रै राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् ।
१० पुसमा प्रधानमन्त्री माओवादीले लिने र राष्ट्रपति तथा सभामुख एमालेले लिने समझदारी भएको थियो । तर सभामुखपछि राष्ट्रपति पनि एमालेले लिने र साढे दुई वर्षपछि आफूले प्रधानमन्त्री पनि छाड्नुपर्दा सबै शक्ति गुमेर एमाले शक्तिशाली हुने बुझाइ प्रचण्डको छ ।
यही बुझाइपछि उनले कांग्रेससँग विश्वासको मत मागेर सहमतिमा राष्ट्रपति चयन गर्ने बताउँदै आएका छन् ।