०१ असार २०८३, सोमबार

'ईसेवाको म्यानेजर हुँ' भनी १६ लाख ठगी गरेको अभियोगमा पक्राउ

'ईसेवाको म्यानेजर हुँ' भनी १६ लाख ठगी गरेको अभियोगमा पक्राउ

ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्तिको मोबाइल वालेट ईसेवामार्फत अनधिकृत पहुँच पुर्‍याएर बैंक खाताको पैसा ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जनाकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार उनले आफू ईसेवाको म्यानेजर भएको र खाता नवीरकण गर्न बैंकसँग लिंक गराइदिन्छु भनी ओटीपी कोड मागेर ठगी गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्