०३ असार २०८३, बुधबार

हतियारसहित दुई पक्राउ

हतियारसहित दुई पक्राउ

प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिले अवैधरुपमा हतियारसहित पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार अछामको चौरपाटी गाउँपालिका–४ कालिगाडी बस्ने ललितबहादुर कुँवरलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।    

यसैबीच धनुषाको मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट माउजर पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको म्याग्जीन १ थानसहित सोही नगरपालिका–७ बस्ने २८ वर्षीय रौशन महतोलाई राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई सो हातहतियारसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्