३० जेठ २०८३, शनिबार

राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनुपर्छ, भण्डारीमा दलगत गन्ध धेरै आयो- रामनारायण विडारी

राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनुपर्छ, भण्डारीमा दलगत गन्ध धेरै आयो- रामनारायण विडारी
फाइल तस्वीर

राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको उनले बताए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए।

राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्न विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए ।

राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै प्रश्नसमेत गरे । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पारे ।

वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्