२८ जेठ २०८३, बिहीबार

एक लाख रुपैयाँ बरावरको सामानसहित एक पक्राउ

एक लाख रुपैयाँ बरावरको सामानसहित एक पक्राउ

झापा प्रहरी कार्यालयले करिब एक लाख रुपियाँ वराबरको अवैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले १०७ किलोग्राम बाबाखैनीसहित गंगाराम पुरीलाई शनिबार पक्राउ गरेको हो ।

झापा प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकका अनुसार आन्तरिक राजश्व कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अनुगमन गर्नेक्रममा भद्रपुर नगरपालिका ३ ज्ञानेचोक स्थित बर्ष ४७ को पुरीले सञ्चालन गरेको पुरी किराना पसलबाट सो सामान बरामद गरेको छ । 

पाठकका अनुसार बाबा खैनि १०७ किलोग्राम, मडुवा खैनि ५८ किलोग्राम र बिडी ९ पोका गरी अन्दाजी एक लाख मुल्य बराबरको सामानसहित पुरीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा ल्याई उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्