×

NIC ASIA

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टाचार र आर्थिक अनियमितताहरूको छानबिन गरे । मंहगी बढ्नुको मुख्यकारण उत्पादन कम हुनु होइन, कालोबजारियाहरूको बिगबिगी हो भन्ने स्पष्ट भएपछि उनले विना कुनै मोलाहिजा राजा महेन्द्रका निजी सचिवसहित ११७ जना उच्चपदस्थ अधिकारीहरूलाई नसिहत दिनेदेखि बर्खास्त गर्नेसम्मको कारबाही गरे । भारू सटहीदेखि पेट्रोल, डिजेल आयातमा हुने गरेका राजस्व चुहावटको साथै खाद्यान्न, नुनलगायतका वस्तुहरूमा हुने गरेको कालोबजारी नियन्त्रण गरे । त्यति मात्र होइन, राजस्व र भन्सार प्रशासनलाई पारदर्शी बनाउन अनेक कदम चाले ।

Muktinath Bank

परिणाम ! उनको विरोधमा कालोबजारियाहरू एक भए । दरबार गुहारे । प्रधानमन्त्री सिंहको आक्रामक कार्यशैलीबाट झस्किएका राजा महेन्द्रले करीब साढे ३ महिना पछि कार्तिक २९ गते उनलाई स्पष्टीकरणको मौकासमेत नदिई बर्खास्त गरे । आफू बर्खास्तगीमा पर्नुको कारणबारे सिंहले भनेका छन्, मेरो पालामा भ्रष्टाचार निर्मुल पारौं भनी म त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा–जाँदा म राजदरबारको ढोकामा पुगें, जुन दिन म त्यहाँ पुगें, मैले मेरो मन्त्रीमण्डल विघटन भएको सुन्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

(हेर्नुहोस्, मंगलादेवी सिंहको जीवनी नारी संघर्षका पाइलाहरू पेज नं १३२)


Advertisment
Nabil box
Kumari

सिंहको बर्खास्तगीपछि देशभरका जनता निराश भए पनि भ्रष्ट र कालोबजारियाहरू उत्साहित भए । कतिसम्म भने काठमाडौंको न्यूरोड र दरबारमार्गका व्यापारीहरूले दिपावली गरे । भोज आयोजना गरी उत्सव मनाए । नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्री बर्खास्त हुँदा दिपावली गरिएको सम्भवतः त्यो अहिलेसम्मको एक मात्र घटना हो ।

Vianet communication
सिंहको बर्खास्तगीपछि देशभरका जनता निराश भए पनि भ्रष्ट र कालोबजारियाहरू उत्साहित भए । कतिसम्म भने काठमाडौंको न्यूरोड र दरबारमार्गका व्यापारीहरूले दिपावली गरे । भोज आयोजना गरी उत्सव मनाए । नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्री बर्खास्त हुँदा दिपावली गरिएको सम्भवतः त्यो अहिलेसम्मको एक मात्र घटना हो ।

यो त, इतिहासको कुरा भयो । आफूलाई क्रान्तिनायक भन्न रुचाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक सत्तारोहण गरेपछि सबैभन्दा जोड सुशासन र आर्थिक समृद्धिलाई दिँदै आएका छन् । उनका हरेक भाषणमा त्यो कुरा सुनिन्छ । तर, सत्तासीन भएको करीब डेढ महिनाको अवधिमा त्यसका लागि के काम गरे ? त्यो अहिलेसम्म थाहा हुन सकेको छैन । कतिपयलाई एक–डेढ महिनामै त के काम गर्न सकिन्छ र ? भन्ने लाग्न सक्छ । तर, प्रधानमन्त्रीमा काम गर्ने इच्छाशक्ति हुने हो भने यति अवधिमै पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण धेरै छन् । एउटा उदाहरण त उनी जस्तै सशस्त्र क्रान्तिबाटै सत्तामा पुगेका प्रधानमन्त्री डा. के.आई. सिंह नै हुन् । सिंह कम्युनिस्ट थिएनन्, समाजवाद र साम्यवादका सपना देखाएर सत्तामा पुगेका थिएनन्, केवल आर्थिक, सामाजिक परिवर्तनको मुद्दालाई उठाएका थिए ।

जनताको जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने प्रयास गरेका थिए । र, प्रधानमन्त्री भएपछि पनि उनले आफूले उठाएका मुद्दाहरूलाई टुंगोमा पुर्‍याउन हदैसम्मको प्रयास गरेका थिए । त्यसका लागि उनले कति दिन सत्तामा बस्छु भनेर होइन, जति दिन बस्छु, शसक्त ढंगले काम गर्छु भन्ने सोचका साथ काम गरे । परिणामस्वरूप करीब साढे ३ महिना मात्र प्रधानमन्त्री बन्दा पनि उनले कालो बजारियाहरूको सातो लिए, भ्रष्टहरूलाई जेलमा कोचे र नीति नियमहरूमा रहेका कमी कमजोरीलाई सुधार गर्ने प्रयास गरे । फलस्वरूप उनको छोटो कार्यकाल पनि नेपालको इतिहासमा ऐतिहासिक कालखण्ड बन्न पुगेको छ । र, देशलाई यतिबेला के.आई. सिंह जस्तै जुझारू नेता चाहिएको छ, प्रधानमन्त्री चाहिएको छ । 

तर, समाजवाद र साम्यवादका अनेक रंगीन सपनाहरू देखाएर सत्तामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्री बन्दा पनि कुनै उल्लेख्य काम गर्न सक्ने छाँट देखिएको छैन । देशको मुख्य समस्या भ्रष्टाचार र आर्थिक अनियमितता हो, त्यसबाट सिर्जित सामाजिक, आर्थिक र सास्ंकृतिक विचलनहरू हुन् । आकाशिँदो महंगी नियन्त्रणबाहिर गएको छ । कालोबजारिया र माफियाहरूका कारण जनता त्राहीत्राही भैरहेका छन् । मानिसहरूको उठिबास भैरहेको छ । संसद् भवनबाट निस्किँदै गरेका दाहालको आँखैअगाडि प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह पछाडिका पात्र, प्रवृत्तिहरूको विश्लेषण गर्ने हो भने देश कता जाँदैछ भन्ने स्पष्ट हुन्छ ।

तर, प्रधानमन्त्री दाहाल ती कुनै पनि क्षेत्रका समस्या समाधानमा गम्भीर देखिँदैनन् । के.आई. सिंहका काममा अवरोध गर्ने दरबार थियो, संगठित सञ्चारमाध्यम थिएन, त्यसका बावजुद अति नै छोटो अवधिमा पनि उनले जनहितमा अनेकौं काम गरे । अहिले दाहाललाई अवरोध गर्नका लागि दरबार छैन । हो, सत्ता गठबन्धनका अन्य दलहरू, खासगरी एमाले अध्यक्ष केपी ओलीले दाहालको कतिपय काममा हस्तक्षेप गर्न सक्छन् । तर, दाहालले साँच्चै नै भ्रष्टाचार नियन्त्रण र आर्थिक अनियमितताहरूलाई नियन्त्रण गर्छु, कालो बजारियालाई रोक्छु भनेर प्रण गर्ने हो भने ओलीलगायत गठबन्धनका नेताहरूले पनि केही गर्न सक्ने अवस्था छैन । त्यस्तो अवरोध गर्ने प्रयास गरेमा उनीहरू आफैँ नांगिने छन् ।

विगतमा प्रचण्डकै भनाइलाई मान्ने हो भने पनि ओलीहरू त यसैउसै प्रतिगामी हुँदै हुन्, तिनीहरूको चरित्र नै त्यस्तै मान्न सकिएला, तर ‘जनयुद्धका नायक’ले त जनताको समस्या समाधानका लागि जनताले महसूस गर्नेगरी काम गर्नुपर्ने होइन ? आजको दिनमा प्रेमप्रसादहरूको आत्मदाह निरुत्साहन गर्न, कालोबाजरियाहरू र माफियाहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउन दाहाललाई कुन शक्तिले रोकिरहेको छ ? यो प्रश्नको जवाफ आमनेपालीले कहाँबाट पाउने ?

यस्तो अवस्थामा पनि प्रधानमन्त्री दाहाल आयोग बनाएर काम गरेको छु भन्दै गर्व गरिरहेका छन् भने अर्कातर्फ गठबन्धनका नाममा अत्यन्त विवादास्पद व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिइरहेका छन् । यदि दाहालमा साँँच्चै नै काम गर्ने इच्छाशक्ति हुने हो भने ‘विवादास्पद र भ्रष्ट व्यक्तिलाई म जिम्मेवारी दिन्नँ, अरू नाम देऊ’ भन्दै गठबन्धनका अन्य दलहरूलाई भन्न सक्थे । तर दाहाल त्यसो गरिरहेका छैनन्, बरु गठबन्धनका दलहरूसँग मिलेर ‘लाइन’ मिलाइरहेका छन् ।

आफ्नै पार्टीभित्रको चरम असन्तुष्टिका बावजूद आफ्ना ज्वाइँ जीवन आचार्यलाई प्रदेश १ को मन्त्री बनाउन गरेको ‘मेहनत’ र देशकै सबैभन्दा विवादास्पद ठेकेदारमध्येका एक आफ्ना घरबेटी ठेकेदार शारदा अधिकारीमाथिको कारबाही रोक्न दाहालले गरेको वर्षौंदेखिको प्रपञ्च देख्ने हो भने उनी सुध्रिएका छैनन् भन्ने मात्र स्पष्ट हुँदैन, उनको नियत पनि छर्लंग हुन्छ ।

यदि साँच्चै नै प्रधानमन्त्री दाहाल भ्रष्टाचार नियन्त्रण गर्न चाहन्छन्, कालोबजारियाहरूलाई नियन्त्रण गर्न र जनताका समस्या समाधान गर्न चाहन्छन् भने भ्रष्टहरूलाई संरक्षकत्व प्रदान गर्ने देउवा–ओलीको पथमा होइन, डा. के.आई. सिंहजस्तो कठोर प्रधानमन्त्री बन्न सक्नुपर्छ ।

कालोबाजारियाको फन्दामा परेर प्रेमप्रसादहरूले आत्मदाह गर्दैछन् । शहरको ‘सुन्दरताका लागि’ गरीब निमुखाको उठिबास भैरहेको छ । ‘जनयुद्ध’मा शहीद बन्न लाइन लागेका ‘क्रान्तिवीर’हरू घाइते शरीर लिएर खाडीमा छिर्दैछन् र कफिनमा फर्कदैछन् । तर ‘क्रान्ति नायक’ प्रचण्ड भने जनताका यी तमाम समस्याहरूलाई फगत आश्वासनमा सीमित गर्दैछन् र सत्तामा टिक्नका लागि कहिले आरजु राणासँग दिल्लीमा मन्थन गर्छन् त कहिले विक्रम पाण्डेहरूसँग सत्ता साझेदारी गर्छन् । यस्तो पाराले प्रचण्डहरूले भन्ने गरेझैं देशको आर्थिक समृद्धि सम्भव छ ? जनजीविकासँग सम्बन्धित समस्याहरूको समाधान सम्भव छ ? कदापि छैन ।

यदि साँच्चै नै प्रधानमन्त्री दाहाल भ्रष्टाचार नियन्त्रण गर्न चाहन्छन्, कालोबजारियाहरूलाई नियन्त्रण गर्न र जनताका समस्या समाधान गर्न चाहन्छन् भने भ्रष्टहरूलाई संरक्षकत्व प्रदान गर्ने देउवा–ओलीको पथमा होइन, डा. के.आई. सिंहजस्तो कठोर प्रधानमन्त्री बन्न सक्नुपर्छ ।

सरकार कहिले ढल्छ भनेर होइन, के काम गर्न सक्छु भनेर कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ । ‘कसैलाई छाडदिनँ, जे गर्न सक्छौ गर’ भन्ने आँटका साथ काम गर्न सक्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले दाहालले आफूवरपर रहेका ‘घरबेटी ठेकेदार’ लगायतका चिनिएका माफियाहरूबाट कारबाहीको शुरूआत गर्न सक्नुपर्छ । तब बल्ल प्रेमप्रसादहरूले जल्नु पर्ने छैन । किसान, उपभोक्ता दलालको चंगुलमा परेर घरको न घाटको हुनुपर्ने छैन । देश चलाउनका लागि एमसीसी र बीआरआईको शरणमा पर्नुपर्ने छैन । भ्रष्टाचार र कालोबजारिया नियन्त्रण भए देशका अधिकांश समस्या समाधान हुनेछन् । तर, यति पनि गर्न नसकेर प्रतिपक्षविहीन संसद्का सर्वाधिकार सम्पन्न प्रधानमन्त्री किन कालोबजारिया र भ्रष्टहरूसँग सम्झौता गर्दै रमाइरहेका छन्, यो भने बुझिनसक्नु छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x