×

Nic Asia
Dabur
Prabhu Bank

जानकी मन्दिरमा विशेष पूजा गरी अयोध्या लगिँदै कालीगण्डकीको शिला

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ ।

yONNEX
IME BANK INNEWS

शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको शिलामा आज बिहान महापूजा गरिएको छ।      


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा महापूजा गरे।

महन्थ रामतपेश्वरका उत्तराधिकारी रोशन दासले शिलामा पूजाका लागि आज दिनभर मन्दिर प्राङ्गणमा राखिने र भोलि बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी अयोध्या लगिने जानकारी दिए।


Advertisment
Lokantar App
Saurya island

उनले जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले शिला लिएर त्यसतर्फ जाने कार्यक्रम रहेको बताए।

महापूजा समारोहमा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो (महासेठ) लगायतको उपस्थिति थियो ।

Vianet communication

‘नेपालको सौभाग्य’

भारतको अयोध्यामा लामो विवादपछि त्यहाँको सर्वोच्च अदाललतको आदेशमा राममन्दिर निर्माण हुँदैछ ।

मार्च २०२० देखि निर्माण शुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ मागमा राखिने भगवान रामको बालापनका नेपालको ढुङ्गाबाट निर्माण हुँदैछ ।

'विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूर्ण छ’, सहायक महन्थ रोशन दासले भने, 'यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।'

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि नेपालको पवित्र नदी (कालीगण्डकी) बाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताए।

उनले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम उदाहरणका रुपमा लिनुपर्ने बताए।

नेपालबाट भारतमा शिला पठाउन मुख्य भूमिका निर्वाह गरेका नेता निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभई ऐतिहासिक र पौराणिक महत्वलाई पनि बल पुर्‍याएको बताए।  

 अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ ।

मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने भगवान् रामको बालापनको मूर्ति राखिने सहायक महन्थ दासले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ११, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन्। नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज भानु नगरपालिका–१ भन्सारमा...

चैत ११, २०७९

बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्के...

चैत ११, २०७९

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएको यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउनुपर्ने बताएका छन्। यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको खाँणले टिप्प...

चैत ११, २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय),...

चैत ११, २०७९

पत्रकार दीपेन्द्र दोङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ब्रेन ह्याम्रेजका कारण ललितपुरको मेडसिटी अस्पतालमा उपचाररत दोङको शनिबार अपराह्न निधन भएको हो ।  लामो समयदेखि पत्रकारितामा क्रियाशील दो...

चैत ११, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताबारे सरकारको ध्यानाकर्षण गराएको बताएका छन्। मन्त्री किरातीले मिस लम्बू २०७९ को उद्घाट गर्दै ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x