चैत ६, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण ग...
काठमाडाैं | माघ १५, २०७९
नक्कली मदिरा बनाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेकाहरूको कनेक्सन अहिले फेरि त्यस्तै आरोपमा पक्राउ परेकाहरूसँग रहेको पाइएको छ ।
आज (आइतवार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा नक्कली रक्सीसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरूको कनेक्सन ५ महिनाअगाडि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जनामध्ये ३ जनासँग देखिएको छ ।
परिसरले भदौ ७ गते काठमाडौं महानरपालिका– ३२ कोटेश्वरमा विभिन्न ब्रान्डको नक्कली रक्सीसहित दोलखाको कालिञ्चोक गाउँपालिका– ९ का २४ वर्षीय हरि वली, भीमेश्वर नगरपालिका– ८ का ३९ वर्षीय भगवान बस्नेत र रामेछापको खाँडादेवी गाउँपालिका– २ का २७ वर्षीय मनोज खत्रीसहित अन्य २ जनालाई पक्राउ गरेको थियो ।
बस्नेतलाई जिल्ला प्रशासन काठमाडौंले असोज ७ गते १ लाख धरौटीमा छाडेको थियो भने वली र खत्री ५०/५० हजार धरौटी बुझाएर छुटेका थिए ।
उनीहरू त्यहाँबाट छुटेर फेरि नक्कली रक्सीको धन्दामा लागेको देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयले आज नक्कली रक्सीसहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
‘यिनीहरूको कनेक्सन यसअघि पक्राउ परेर छुटेका ३ जनासँग रहेको पाइएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले भने । प्रहरीले उनीहरूलाई खोजिराखेको छ ।
स्वदेशी र विदेशी रक्सीहरूमा सस्तो मदिरामा ‘क्यामेल’ नामको केमिकल र खान मिल्ने रङको प्रयोग गरेर ब्राण्डेड रक्सी बनाई उपत्यकाका विभिन्न दोहोरी तथा डान्सबारहरूमा बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको अपराध अनुसन्धान कार्यालयले आज (आइतवार) पत्रकार सम्मेलनमा जानकारी दियो ।
प्रहरीले कुपण्डोलमा मदिराको सामान्य पसल राखेर ठूलो मात्रामा नक्कली मदिरा बिक्री गर्दै आएका दोलखा कालिञ्चोक गाउँपालिका– ३ का २७ वर्षीय निरज उप्रेतीलाई सार्वजनिक गरेको छ । उनले कुपण्डोलमा महंगो भाडा तिरेर अनलाइनमार्फत ठूलो मात्रामा नक्कली मदिरा बिक्री गर्दै आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
‘उनले सानो ठाउँको ८० हजार भाडा तिर्ने र अनलाइनमार्फत नक्कली रक्सी बिक्री गरेको पाइएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उनले त्यहाँ किन्न आउने व्यक्तिहरूलाई समेत नक्कली मदिरा बिक्री गर्ने गरेका रहेछन् ।’
स्याङ्जाको गल्याङ नगरपालिका–९ का २६ वर्षीय धर्मी गौडेललाई पनि पक्राउ गरेर सार्वजनिक गरिएको छ । उनले काठमाडौंको नयाँ बसपार्क मित्रनगरमा मदिराको गोदामै राखेर नक्कली मदिरा बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको छ ।
मदिराको गोदाम राख्न लागि पनि अनुमति लिनुपर्ने व्यवस्था छ । उनले अनुमति समेत नलिएको पाइएको छ । उनले नयाँ बसपार्क क्षेत्रका दोहोरी साँझ, डान्सबारहरूमा नक्कली रक्सी सप्लाइ गर्दै आएका थिए । कहाँ–कहाँ कति सप्लाइ गरे भन्ने खुलेको छैन ।
प्रहरीले पक्राउ परेका सिन्धुली तीनपाटा गाउँपालिका–२ का २६ वर्षीय गणेशबहादुर रानामगर ललितपुरको टीकाथलीमा कारखाना सञ्चालन गर्दै आएका थिए ।
उनीसँगै विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठहरूले टीकाथलीमा टहरामा नक्कली रक्सी बनाउने गरेको अनुसन्धानमा खुलेको अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसन्धानमा उनीहरूले नक्कली रक्सी बनाएर उपत्यकामा बिक्री गर्ने गरेका छन् । अन्य मदिरा पसललाई पनि आर्थिक प्रलोभनमा पारेर बिक्री गराउने गरेको खुलेको छ ।
कसरी परे पक्राउ ?
अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी)को टोलीलाई सूचना आयो– फेरि नक्कली रक्सी बिक्री हुँदैछ । अर्को सूचना पनि आयो कुपण्डोलमा २/३ सय रक्सीका बोतल राखेर होलसेलमा बजार मूल्यभन्दा निकै सस्तोमा रक्सी बिक्री भइराखेको छ ।
सूचना पाएपछि प्रहरीले प्राविधिक लगायतका अनुसन्धान शुरू गर्यो । त्यहाँ नक्कली रक्सी भएको पुष्टि भयो । प्रहरीले निरज उप्रेतीलाई तत्काल पक्राउ गर्यो । त्यसपछि उनीहरूको कनेक्सन खोज्न थालियो ।
त्यही सूचनाका आधारमा नयाँ बसपार्कमा पनि नक्कली रक्सी बिक्री भइराखेको सूचना आयो । प्रहरीले छापा मारेर रक्सीसहित धर्मी गौडेललाई पक्राउ गर्यो । उनीहरूकै सूचनाको आधारमा कारखाना सञ्चालकमध्येका १ जना गणेशबहादुर राना मगरलाई पनि पक्राउ गर्यो ।
राना मगरलाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गर्दा यसभन्दा पहिले पनि नक्कली रक्सीमा पक्राउ परेका व्यक्तिहरूको रहस्य खुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।
यसै प्रकरणमा जोडिएका विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठहरू फरार छन् ।
प्रहरीले आज रुस्लान भोड्का १३२ बोतल, खुकुरी रम ९२ बोतल, २०२० एप्पल ३० बोतल, मुग्लान रक्सी ४२० बोतल, ८८४८ भोड्का ४८ बोतल र गोल्डेनवोक ६ बोतल नियन्त्रणमा लिएको छ भने विभिन्न ब्रान्डका ९ सय ५८ वटा खाली बोतल पनि बरामद गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण ग...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
रातैभरी विमानको ढोका खुला राखेको र त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै वायुसेवा निगमका दुईजना एरोनटिकल इन्जिनियर निलम्बनमा परेका छ । वायुसेवा निगमको एक वाइडबडी विमान १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिट...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्व...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...
नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ । आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ । सेनाका...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...