२८ जेठ २०८३, बिहीबार

गठबन्धन र सीट बाँडफाट गलत भएको दावी

गठबन्धन र सीट बाँडफाट गलत भएको दावी

नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धमा समीक्षा गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आइतबार समीक्षा कार्यक्रम गरेको हो । 

कार्यक्रममा अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाट गलत भएको बताएका थिए । गठबन्धन गर्दा सुनसरी क्षेत्र नं. १ मा आंशिक गठबन्धन गरिनु  गलत भएको सहभागीहरुले बताए । 

उनीहरुले पार्टीको चुनावी गठबन्धन नीति र सीट बाँडफाट गलत हुनु नै हारको मूख्य कारण रहेको ठहर गरेका छन् । गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको उनीहरुको बुझाई छ ।

संगठन राम्रो हुँदाहुंदै केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारवाही गर्नुपर्ने बक्ताले सुझाव दिए । पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई पनि अनुशासनको कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । 

सभापति तामाङले समीक्षा कार्यक्रमवाट आएका सुझाव, गुनासा र विचारमाथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिने बताए । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, प्रदेश सदस्यद्धय गणेश परियार र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरु तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादेन, प्रदेशसभा १ (१) र १ (२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल लगायतले धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्