
प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई मृत फेला पारेको छ । प्रहरीले दिएको जानकारी अनुसार गुल्मीको मुसिकोट नगरपालिका–७ डरमखोला बस्ने ५५ वर्षाया गंगा शेरचन आफ्नै घरभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ सेहरी बस्ने ६३ वर्षीय सन्चा राना आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ । सोहीअनुसार भक्तपुरको सुर्यविनायक नगरपालिका–६ डोलेश्वर मन्दिर नजिक बस्ने २९ वर्षीय प्रल्हाद केसी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच, कास्कीको पोखरा महानगरपालिका–३० सुकेडाडा माछापुच्छरे टोल बस्ने ६२ वर्षीय रुद्र गिरीको आफ्नै घरको छतबाट लडेर आइतबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पा बस्ने ६२ वर्षीय श्री कुमार राई सोही ठाउँस्थि गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सोहीअनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–५ सार्कीडांडा बस्ने ६० वर्षीय बुदे सार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।