×

NMB BANK
NIC ASIA

सुरक्षा लापरवाही

इन्स्पेक्टर बेचन यादवको हेलचक्र्याइँले प्रहरी हिरासतबाटै भागे ६ जना थुनुवा

माघ १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषामा प्रहरीको हिरासत तोडेर फरार भएका ६ जना शौचालयको कमोडमा प्रयोग भएको रड प्रयोग गरेर फरार भएका खुलेको छ । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रका अनुसार आरोपीहरू हिरासतभित्र भएको शौचालयको कमोडमा रहेको रडले घरको भित्ता फोडेर फरार भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनीहरूले कमोडको रडले बिस्तारै माटो, सिमेन्ट र इँटा निकालेर फरार भएको देखिएको छ,’ डीएसपी क्षेत्रीले लोकान्तरसँग भने । डीएसपी क्षेत्रीका अनुसार हिरासतमा लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवा थिए । त्यसमध्ये १ जना भाग्न सकेनन् । ६ जनालाई भगाएर अन्तिममा आफू बाहिर निस्कन नसक्दा भाग्न नसकेको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

‘अरुलाई भगाएर आफू अन्तिममा भाग्न खोज्दा निक्लिन नसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रवक्ता क्षेत्रीले भने ।

Vianet communication
Laxmi Bank

प्रहरीले हिरासतमा भएको सीसीटीभीमा बिहान करीब ३ बजेको समयमा भागेका देखिएको छ । त्यो समयमा सीसीटीभी हेर्ने कर्मचारी नभएको र सेन्ट्री बसेको प्रहरीले पनि थाहा नपाएको डीएसपी क्षेत्रीले दाबी गरे ।

तर लोकान्तरलाई स्रोतले बताएअनुसार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका कार्यरत इन्स्पेक्टर बेचन यादवले सीसीटीभी कन्ट्रोल गर्ने सबै उपकरण आफ्नो कोठामा राखेर मान्छे खटाएका थिएनन् । सीसीटीभी फुटेजमा उनीहरूले खनेर गएको स्पष्ट देखिएको अनुसन्धानमा खटेका अधिकारीले बताए ।

‘उहाँ (इन्स्पेक्टर) ले एक जनालाई खटाएर निगरानीमा राख्नुपर्ने सीसीटीभी उपकरणहरू आफ्नो रूममा राखेर हेलचक्र्याइँ गरेको देखिन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने । आइतवार राति इन्चार्ज रहेका यादव कार्यालयमा नरहेको देखिएको छ । इन्स्पेक्टर यादव राति जनकपुर आएर बसेको अनुसन्धानमा देखिएको छ ।

प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका आरोपित विनोदकुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट फरार भएका हुन् ।

अनुसन्धानमा तानिए इन्स्पेक्टर 

लामो समयदेखि ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेचन यादव थिए । यसअघि उनलाई महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनलाई प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा अर्काे इन्स्पेक्टर भने पठाइएको छैन ।
 
उनी लामो समयदेखि शक्तिको आडमा इन्चार्ज बन्दै आएका थिए । उनी नेपाली कांग्रेसनिकट नेताको पावरमा सरुवा भए पनि इन्चार्ज बस्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x