×

Nic Asia
Dabur
Prabhu Bank

नयाँ राष्ट्रपतिको खोजी

राष्ट्रपति चुनाव : कुल जोड्दा झण्डै माओवादी हाराहारीका साना दलको मत कता ?

काठमाडाैं | माघ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरू​बाहेकका दलसँग छ ।

yONNEX
IME BANK INNEWS

यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँदा पनि राष्ट्रपति निर्वाचित हुनका लागि पर्याप्त मत पुग्दैन । त्यस्तो अवस्थामा साना दलहरूको मत समेत निकै महत्त्वपूर्ण हुने अवस्थामा छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने गरी निर्णय भएको छ । त्यसका लागि उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ ।

राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतभारबाट हुने निर्वाचनमा माओवादी कांग्रेस र एमालेको तानातानमा देखिन्छ । ५२ हजार ६२८ को कूल मतभारमा राष्ट्रपतिमा विजयी हुन बहुमत अर्थात् २६ हजार ३१५ मत कटाउनुपर्ने हुन्छ । 


Advertisment
Lokantar App
Saurya island

राष्ट्रपति चुनावमा प्रमुख दाबेदार कांग्रेसको १६ हजार २२१ मत छ । अर्को दाबेदार एमालेको मत १५ हजार ३६० मत छ । यी दुवै दलबीचको प्रतिस्पर्धामा माओवादीको ७ हजार ८२४ मत निर्णायक अवस्थामा छ । माओवादीको भोट आकर्षित गर्न सक्ने दलले नै अन्य साना दलबाट आवश्यक मत पाउन सक्ने देखिन्छ ।

२ हजार ४५० मत भएको राप्रपा र १ हजार ५०१ (रविको सांसद पद खारेजीपछि) मत भएको रास्वपा एमाले निकट देखिएका छन् । यी दलको मत १९ हजार ३११ छ । 

Vianet communication

कता जाला खुल्न बाँकी साना दलको मत ?

अहिलेको सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २१४ मत कटाउनेछन् । तर एमालेलाई राष्ट्रपति दिन माओवादीले आनाकानी गरिरहेको छ । एमाले भने सत्ता गठबन्धन बन्दाको सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने अडानमा छ ।

राष्ट्रपति, सभामुख, महत्त्वपूर्ण मन्त्रालयसहितका शक्तिशाली पदमा एमाले पुग्दा जोखिम हुने बुझाइ माओवादीको छ । यसैले उसको प्राथमिकता सकेसम्म राष्ट्रिय सहमति होस् भन्नेमा छ । तर एक महिनाअघि मात्रै बनेको सत्ता समीकरणको सहमतिबाट पछाडि फर्किँदाको नैतिक संकटको डर पनि उसलाई उत्तिकै छ । 

यस्तोमा माओवादीबाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् ।  २ हजार ४९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा,  १ हजार २४२ मत भएको जनमत, १ हजार ०१९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्त्वपूर्ण रहेको देखिन्छ ।

यी दलको कुल मत ७ हजार ७९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन । 

एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २७ हजार १८२ मत पुग्ने देखिन्छ । 

साना दललाई मनाउन सके एमालेले कांग्रेस र माओवादी विना नै राष्ट्रपतिको चुनाव जित्न सक्ने देखिन्छ । तर, एमालेले राप्रपा र रास्वपालाई बढी च्याप्दा अन्य दलसँग सम्बन्ध बिगारिरहेको छ ।

अर्कातर्फ आफैंबाट विभाजित नेकपा एससँग उसको सम्बन्ध झन् तिक्ततापूर्ण छ । सोही कारण यो समीकरण अंक गणितमा मात्र सम्भव देखिन्छ ।

के भन्छन् साना दलका नेता ? 

२ हजार ४९४ मत भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा राष्ट्रपति चुनावमा उम्मेदवार अघि सरेपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्ने बताउँछन् ।

‘राष्ट्रपति निर्वाचनको मिति तोकिएपछि अब चुनावी माहोल तात्ला । को–को उम्मेदवार हुन्छन् हेर्न बाँकी छ,’ खतिवडाले लोकान्तरसँग भने, ‘हामी अहिलेसम्म सत्ता गठबन्धनको विपक्षमा छौं । अर्थात हामी प्रतिपक्ष नै हौं । तर पनि उम्मेदवार चयन भएपछि एउटा टुंगोमा पुग्छौं ।’

त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेबाहिरबाट पनि राष्ट्रपति चुनावमा उम्मेदवार हुन सक्ने भन्दै आफूहरू निर्णायक रहेको जनाउ दिए । 

‘समयमा राष्ट्रपतिको चुनाव हुनुपर्छ, तर यो देशमा राष्ट्रपतिका लागि एमाले र कांग्रेस मात्रै छैनन्, अरू जनता पनि छन् । यसमा सबैले ध्यान दिनुपर्छ,’ यादवले भने ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको उपेन्द्रको पार्टी सरकारमा सहभागी भएको छैन । तर मधेश प्रदेशमा जसपाबाटै मुख्यमन्त्री निर्वाचित भएका छन् । 

राष्ट्रपति निर्वाचनमा आफ्नो २ हजार १४५ मतलाई उपेन्द्रले बार्गेनिङ टुल बनाएका छन् । कि त महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने कि त आफ्ना कुनै सांसदलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आउने उपेन्द्रको दाउ छ ।

राष्ट्रपति निर्वाचनमा आफ्नो २ हजार १४५ मतलाई उपेन्द्रले बार्गेनिङ टुल बनाएका छन् । कि त महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने कि त आफ्ना कुनै सांसदलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आउने उपेन्द्रको दाउ छ ।

यता लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिको निर्वाचनमा आफूहरू शक्ति सन्तुलन मिलाउनुपर्ने मान्यतामा रहेको बताए । 

‘हाम्रो माग संविधान संशोधन र नागरिकता, थरुहट र मधेशी राजबन्दी रिहाइसहितका छन् । यी माग सम्बोधन गर्ने भनेर सरकारलाई समर्थन गरेका हौं । तर पनि कांग्रेसले विश्वासको मत दिएपछि सहमतिको वातावरण अगाडि बढाउनुपर्छ । शक्ति सन्तुलनको सिद्धान्तअनुसार शक्ति विकेन्द्रित गरेर राज्यका संयन्त्रमा ‘चेक एन्ड ब्यालेन्स’ गर्दा लोकतन्त्र बलियो हुन्छ र सबैको सम्मान हुन्छ भन्ने हाम्रो मत हो,’ उनी भन्छन्, ‘यसैले सबैलाई समेटेर जानका लागि राष्ट्रपतिको चुनाव सहमतिमा हुनुपर्छ । माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख लिएपछि राष्ट्रपति एमाले र माओवादी बाहिरबाट चयन भए शक्ति सन्तुलन हुन्छ ।’

समावेशी पनि हुने भएकाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्नु उपयुक्त हुने जिकिर उनले गरे ।

‘अहिले देशको राजनीतिक, सामाजिक चुनौतीलाई मध्यनजर राख्दा सहमतिमा अघि बढ्नुपर्ने अवस्था छ । यस्तोमा समावेशी पनि रहोस्, शालीन, भद्र र सबैले सम्मान गर्ने व्यक्ति पनि होस् भन्ने धेरैको चाहना छ । संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भएको व्यक्तित्वको खोजी पनि छ,’ उनले भने, ‘यी सबै आधारमा उपयुक्त पात्र हाम्रै पार्टीका अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ ।’ लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि ऊ कांग्रेससँगै प्रतिपक्षमा छ । 

यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहले सत्ता गठबन्धन र कांग्रेसबाट राष्ट्रपतिमा को उम्मेदवार हुन्छन्, त्यसपछि निर्णयमा पुग्ने जानकारी दिए । 

‘दलहरूबीच सहमतिको वातावरण बन्ने चर्चा पनि छ । राष्ट्रपतिमा सत्ता गठबन्धन र कांग्रेसकोतर्फबाट को उम्मेदवार बन्छन्, पहिले त्यो हेर्छौ‌ं,’ सिंहले लोकान्तरसँग भने, ‘उम्मेदवार हेरेर जनमत पार्टी एउटा टुंगोमा पुग्छ ।’

जनमत पार्टीले पनि केन्द्र र प्रदेश सरकारलाई समर्थन गरेको छ । 

यसैगरी नागरिक उन्मुक्ति पार्टीको अडान आफ्ना नेता रेशम चौधरीलाई रिहाइको छ । आफ्नो माग पूरा गर्ने दललाई समर्थन दिएर जाने उसको नीति छ । 

अन्य छुटपुट मत

राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र सांसदको मत पनि ८७५ रहेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा यिनीहरूले पनि प्रभाव पार्न सक्नेछन् । स्वतन्त्र मतमध्येबाट धेरै मत कांग्रेसले पाउन सक्ने चर्चा छ । स्वतन्त्रबाहेक राष्ट्रिय जनमोर्चाको १५८, नेपाल मजदुर किसान पार्टीको २२३, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।

पढ्नुहोस्, सम्बन्धित समाचारहरू :

 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x