चैत २, २०७९
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्...
विभिन्न अपराधका घटनामा संलग्नलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने ३१ वर्षीय जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बृजेश गिरी र २० वर्षीय सुग्रिम रैदास छन् ।
विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रूपमा चन्दा उठाएको तथा २ वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताइन् ।
आगजनी गरिएका ३ वटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुँदे माग सहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।
उनीहरूले गत पुस १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी समेत दिएको खुलेको छ ।
पुस २६ गते कृष्णनगर नगरपालिका–८ गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।
माघ २–१३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा माघ १३ गते बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरूको सूचनाको आधारमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ वटा मोटरसाइकल, एउटा ल्यापटप र ६ वटा मोबाइल बरामत गरेको छ । पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्...
चोरीको मोटरसाइकल सहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाण्डौको नैकाप बस्दै आएका ३२ वर्षीय ...
मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईल...
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ना३ख ६०६४ नम्बरको गाडीले ठक्करबाट गम्भीर घाइते भएका सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर...
सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आ...
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...