चैत ४, २०७९
भीरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहर...
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए ।
हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो ।
मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई आज बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।
महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।
लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । रासस
भीरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहर...
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ना३ख ६०६४ नम्बरको गाडीले ठक्करबाट गम्भीर घाइते भएका सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर...
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी...
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्...
प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...
महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...