भारतको गुजरातस्थित गान्धीनगरको एक अदालतले आसाराम बापु नामक धार्मिक गुरुलाई महिला शिष्याको बलात्कारमा दोषी ठहर गरेको छ ।
मंगलवार सेसन जज डीके सोनीले आसारामलाई सजाय सुनाउनेछन् ।
प्रमाणको अभाव रहेको भन्दै अदालतले आसारामकी पत्नी तथा ६ अन्य आरोपितलाई रिहा गरिदिएको छ ।
अहमदाबादको चाँदखेडा थानामा दायर गरिएको उजुरीअनुसार, आसारामले सन् २००१ देखि २००६ सम्म महिलालाई पटकपटक बलात्कार गरेका थिए । शहरबाहिर रहेको आसारामको आश्रममा बलात्कारको घटना भएको हो ।
आसारामविरुद्ध अवैध रूपमा शरीरबन्धक बनाएको तथा अन्य आरोप थिए । ती सबैमा उनी दोषी ठहर गरिएका हुन् ।
आसाराम अहिले राजस्थानको जोधपुर कारागारमा कैद छन् ।