३१ असार २०८३, बुधबार

आजदेखि इम्बोस्ड नम्बर प्लेट लागू, मोटरसाइकल चढ्नेको खर्च २५ सयले बढ्यो

कात्तिक २०, २०७४
आजदेखि इम्बोस्ड नम्बर प्लेट लागू, मोटरसाइकल चढ्नेको खर्च २५ सयले बढ्यो

काठमाडौं, ५ भदौ – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याएको छ । यातायात व्यवस्था विभागले आजदेखि इम्बोस्ड नम्बर कार्यान्वयनमा ल्याएको हो । अब गाडि चढ्ने सबैले पाँच वर्ष भित्रमा आफ्नो सवारीमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने हुन्छ ।

इम्बोस्ड गर्नुपर्ने भएसँगै सवारी प्रयोगकर्ताको खर्च पनि बढेको छ । जस अन्तर्गत पहिलो चरणमा बागमती अञ्चलमा दर्ता भएका सवारी र त्यसमा पनि सरकारी तथा कुटनीतिक नम्बर प्लेटलाई इम्बोस्ड गर्ने तयारी रहेको यातायात व्यवस्था विभागका निर्देशक टोकराज पाण्डेले जानकारी दिए ।

इम्बोस्ड अन्तर्गत पाँच प्रकारका नम्बर प्लेटहरु रहने छन् । राष्ट्रपतिको सवारीलाई दिइने सवारी, सार्वजनिक सवारी, निजी सवारी, सरकारी सवारी र कुटनीतक सवारी गरी सबैलाई फरक फरक इम्बोस्ड नम्बर दिन थालिएको हो ।

अब सवारी साधनमा हस्तलिखित नम्बर प्लेटहरु हुने छैनन् । इम्बोस्ड नम्बर प्लेट जडान भएपछि गाडिको अवस्था ट्राफिकले निगरानी गर्न सक्ने छ । इम्बोस्ड नम्बर प्लेट फलामको पातामा फलामकै भाग केही माथि उठाएर लेखिन्छ ।

इम्बोस्ड प्लेट केही खर्चिलो हुने छ । इम्बोस्ड प्लेट यातायात व्यवस्था विभागले नै जोड्ने छ । त्यसको लागि शुल्क समेत निर्धारण गरिएको छ । अन्तराष्ट्रिय कम्पनी टेकाटुर टाइगरले पाँच वर्ष भित्र २५ सय सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का पाएको छ ।

लागत कति ?

मोटरसाइकलमा प्लेट जोड्न २५ सय रुपैयाँ लाग्ने छ । तीन पाँग्रे सवारीमा नम्बर प्लेट जोड्न २९ सय रुपैयाँ लाग्ने भएको छ । चार पांग्रे सवारीमा ३२ सय र हेवि चार पांग्रेमा ३६ सय शुल्क लाग्ने छ ।

वाणिज्य बैंकमा प्लेट वापतको रकम दाखिला गरेपछि इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ । तर हाललाई
विभागले सबैलाई अनिवार्य गरेको छैन । अहिले यो व्यवस्था परिक्षणकै रुपमा रहेको छ ।

कसरी जोड्ने ?


इम्बोस्ड नम्बर जोड्दा आफ्नो विवरण अनलाईन मार्फत यातायात व्यवस्था कार्यालय वा विभागमा पठाउनुपर्छ । त्यो बेला राजश्व जम्मा गरेको भौचर समेत बुझाउनुपर्छ ।

यति गरेपछि तपाईले प्रदान गरेको विवरण ठेक्का पाएको कम्पनीमा जान्छ । कम्पनीले इम्बोस्ड नम्बर बनाएर चिप्स सहित नेपाल पठाउँछ । त्यसपछि विभागले सम्बन्धित कार्यालय मार्फत प्लेट तपाईलाई प्रदान गर्छ । नम्बर फेर्न गाडि लिएर यातायात व्यवस्था कार्यालय जानुपर्छ ।

एक पटक जोडेको नम्बर प्लेट १० वर्ष सम्म चल्ने भएकोले पहिले महंगो परेपनि पछि चाहिँ सस्तो पर्ने विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर जोडेपछि के हुन्छ ?

यो अन्तराष्ट्रिय स्तरको नम्बर प्लेट हो । यो नम्बर प्लेट हालेपछि तपाईको सवारी कहाँ कुन अवस्थामा छ भन्ने कुराको जानकारी प्रहरीले सजिलै हेर्न सक्छ ।

त्यसको लागि सरकारी विभिन्न ठाउँमा नम्बर डिटेक्ट (जाँच्ने) गर्ने मेसिन राख्ने छ । सो मेसिनबाट तपाईको सबै जानकारी प्रहरीले प्राप्त गरिरहेको हुन्छ । त्यसपछि गाडिको प्रयोग, राजश्व दाखिला, सवारी प्रयोग गरेर हुने अपराध लगायतका सबै कुरामा सरकारी निकायलाई निगरानी बढाउन सजिलो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्