१९ असार २०८३, शुक्रबार

आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका –६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगनीको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको थियो । घटनाबारे अध्ययन भइरहेको कैलाली प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्