२३ जेठ २०८३, शनिबार

शहीद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगारी

शहीद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगारी

गएको पाँच वर्षमा धनकुटाको शहीद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगारी पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५ र ७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगारी पाएका हुन् ।

सुरुआती वर्षमा रु पाँच सय १७ र पछिल्लो वर्षदेखि दैनिक रु पाँच सय ७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९ र ८० बाहेक चार वर्षमा एक सय ९३ महिला र चार  सय ९९ जना पुरुषले राजगार पाएका छन् । रोजगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा रु दुई करोड ७० लाख ५३ हजार एक सय ५० भित्रिएको छ ।

रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिइन् । सडक निर्माण तथा संस्कृति प्रवर्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि पाँच वर्षमा एक हजार पाँच सय ५७ आवेदन परेको छ ।

आव २०७५ र ७६ मा एक सय १२, आव २०७६ र ७७ मा ५६, आव २०७७ र ७८ मा दुई सय ६१, २०७८ र ७९ मा दुई सय ६१ र चालु आवको हालसम्ममा एक सय १४ जनाले रोजगारी पाएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्