३१ असार २०८३, बुधबार

२१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ

२१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ

२१ लाख ७ हजार १ सय भारतीय रुपैयाँसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्याल कपिलवस्तुले हिजो १० बजे राति कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भारु नगदसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बस्नेतले जनाकारी दिएका छन् । 

प्रहरीले भारतीय  यूपी ५५ एएम ०४५९ नम्बरको हुण्डाइ भेन्यू गाडीको सिटमुनी फल्स बटम बनाएर ल्याएको अवस्थामा भारतीय ५ सयदरका ४ सय थान, र १ हजारदरका ३६ थान र गाडीमा सवार राकेश कुमार बर्माको साथबाट ५ सयका २०७ थान नोट बरामद गरेको हो। 

प्रहरीले भारतको सिद्धार्थनगर थान तेतरी बजार अनुपनगरका २८ वर्षीय हमिद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ विमिहाका ३५ वर्षीय राजेश कुमार बर्मा र २६ वर्षीय राकेश कुमार बर्मालाई पक्राउ गरेको एसपी बस्नेतले बताए ।

प्रहरीले उनीहरुलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यलय बटवल रुपन्देही पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्