चैत ८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...
काठमाडाैं | माघ २०, २०७९
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले आजै शपथसमेत लिएका छन् ।
गठबन्धन दलहरुमध्ये नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
प्रदेश सरकारको ६ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । जसअनुसार जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मो जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै, राज्यमन्त्रीहरूमा जसपाका शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैंसँग राखेका छन् ।
गत पुस २९ गते तीन जना विनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।
यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।
सत्ता साझेदर दल माओवादी केन्द्रले भने सरकारमा सहभागी भएको छैन ।
मन्त्रालय भागबण्डाको क्रममा एउटा मन्त्रालय मात्रै दिने भनिए पछि माओवादीले मन्त्री पठाएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि...
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । नेविसंघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै निर्वाचित भए। ...
नेकपा एमालेको जनसंगठनको रूपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय म...
त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...