२३ जेठ २०८३, शनिबार

हवाई उडानमा प्राधिकरणले ल्यायो नयाँ नियम

हवाई उडानमा प्राधिकरणले ल्यायो नयाँ नियम

हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले केही नियमहरू लागु गरेको छ। 

माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि प्राधिकरणले नयाँ व्यवस्था लागु गर्दै हवाई उड्डयन क्षेत्रलाई केही नियम बनाएर सुरक्षित बनाउने प्रयास गरेको हो। 

जसअनुसार नन स्टल विमानस्थलको उडानमा रहेको फ्लाइट टाइम लिमिटेसनलाई अधिकतम् प्रतिदिन ९ घण्टाबाट घटाएर ८ घण्टा बनाइएको छ भने प्रतिदिन १० वटा रहेको उडानलाई ८ मा झारिएको छ। 

 

salt training

कमेन्ट गर्नुहोस्