२३ जेठ २०८३, शनिबार

बेहोस बच्चाको नगर प्रमुखले गरे यसरी उद्धार

कात्तिक २०, २०७४
बेहोस बच्चाको नगर प्रमुखले गरे यसरी उद्धार

मोरङ, ६ भदौ - बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन ।help

यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को खदरा टोलमा शनिबार भेटिइन् । महानगरका प्रमुख भीम पराजुलीले उनको सोधिखोजी गरे ।

उनको बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लागे । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाए ।

स्थानीय रुन्तीदेवी ऋषिदेव अर्थ अभावका कारण बच्चाको उपचार गर्न सकिरहेकी थिएनन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा उनी परिन् । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामा थिन् । उनका श्रीमान् रिक्साचालक हुन् र उनी पनि केही समयदेखि बिरामी छन् ।

जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित भइन् । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरे ।

बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भनिन् , “भगवान्ले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाउनुभएको रहेछ । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।”


अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको डा रम्भा देवले जानकारी दिए । प्रमुख पराजुलीले बच्चा पूर्णरुपमा स्वस्थ नभएसम्म आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्