
अर्जुनधारा नगरपालिका –८ स्थित शनिश्चरे क्याम्पस नजिक बस्ने ४५ वर्षीय दिपेश लिम्बुको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर र घरभित्र रहेको ३ तोला सुन, लत्ताकपडा तथा भाँडावर्तन समेत गरी करिब २४ लाख १२ हजार रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि सामान जलेर नष्ट भएको छ । आइतबार भएको आगलागीबाट लिम्बुको परिवारको िवचल्ली भएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।