कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
माघ २३, २०७९
प्रदेशसभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल शुरू भएको छ । दोस्रो कार्यकालको पनि ५ बैठक सकियो । शुक्रवार छैटौं बैठक चल्दैछ ।
गत मंसिरमा भएको निर्वाचनबाट दोस्रो कार्यकालमा १३ सांसद दोहोरिएका छन् । केही सांसद भने संघीय संसदको अनुभव बटुलेर प्रदेशमा फर्किएकाहरू छन् ।
इन्द्रमणि पराजुली, खिनु लङ्वा लिम्बू, राजेन्द्रकुमार राई, हिकमतबहादुर कार्की, केदार कार्की, नारायणबहादुर मगर, लीलावल्लभ अधिकारी, निरन राई, बुद्धिकुमार राजभण्डारी, इन्द्रबहादुर आङ्वो, हिमाल कार्कीलगायतका सांसद दोहोरिएका हुन् ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, कांग्रेसका अमृत अर्याल संघीय संसदमा समेत प्रतिनिधित्व गरिसकेका हुन् । उनीहरू पनि यसपटक प्रदेशसभामा छन् । उनीहरू संविधान सभामा सदस्य भएका थिए ।
संघीय संसद्मा समेत प्रतिनिधित्व गरिसकेका सांसद रहेको प्रदेशसभाको गतिविधि र माहोल भने बाहिर हुने कार्यक्रम जत्तिको मर्यादित पनि हुँदैन । एनजीओ तथा आईएनजीओले होटलहरूमा गर्ने कार्यक्रमजत्तिको अनुशासन पनि संसदमा नदेखिएको संसद् सचिवालयका कर्मचारीको गुनासो छ ।
पहिलो ५ बैठकमा सांसदहरूले संसद्भित्रै धूमपान गर्नेदेखि फोन उठाउनेसम्म गतिविधि गरेका छन् । कानून निर्माताहरूले नै कानूनको धज्जी उडाएका छन् ।
‘कुनै संघ–संस्थाले होटलमा चलाउने कार्यक्रमजत्तिको अनुशासन पनि छैन,’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘माननीयहरूलाई हामीले भन्न पनि मिलेन, उहाँहरू आफैंले बुझ्नुपर्ने हो ।’
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले पनि संसद् मर्यादित भएन भनेर बाहिर कुरा उठ्न थालेको स्वीकारे । यसबारे आफूले दलका प्रतिनिधि र सांसदहरूलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
संसद् चलिरहेका बेला नै संसद् भवनमा धूमपान गर्ने, खैनी खाने, पान खाने तथा फोनमा बोल्ने जस्ता गतिविधि भइरहेका छन् ।
सरकार सत्ता पक्षको र संसद् प्रतिपक्षको भन्ने गरिन्छ, तर प्रतिपक्षले बोलेको बेलामा सत्तापक्षले नसुन्ने, सत्तापक्षले बोलेका बेला प्रतिपक्षले ध्यान नदिने गरेको पाइएको छ ।
सांसदलाई मर्यादित बनाउनका लागि सांसदहरूलाई संसदीय अभ्यासबारे सिकाउने तयारी भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । तर, उनी आफैंले संसद् भवनभित्र खैनी माडेर खाने गरेको आरोप लाग्दै आएको छ ।
प्रदेशसभाको पहिलो कार्यकाल नामकरण समेत नगरी सकियो । पहिलो कार्यकालमा सांसदहरू आफ्नो जिम्मेवारी पूरा गर्न समेत असफल रहे ।
दोस्रो कार्यकालमा पनि शुरूआत अपेक्षित ढंगको छैन । संसद् भनेको कानून निर्माण गर्ने थलो हो । तर, पछिल्लो समय प्रदेशसभा जुहारी खेल्ने थलो मात्र भएजस्तो प्रतीत हुन थालेको छ ।
सांसद अनुशासित हुनुपर्नेमा त्यस्तो नदेखिएको पूर्व सांसद हर्कमान तामाङ बताउँछन् ।
‘प्रदेशसभामा मात्रै नभई प्रतिनिधिसभामा पनि पहिलाको र अहिलेको संसद् आकाश पाताल फरक छ,’ उनले भने, ‘पहिला खासखुसबाहेक कुनै पनि असभ्य गतिविधि हुँदैनथ्यो । गफगाफ गर्नुपरे लबीमा गएर गरिन्थ्यो ।’
पहिलाका सांसदहरू गम्भीर भएर संसदमा कुरा उठाउँथे अहिले भने प्रचार गर्ने गरी मात्रै कुरा उठाउने गरेको उनको बुझाइ छ ।
‘पहिला जुन गम्भीरता थियो, अहिले त्यो छैन । पहिला सांसदहरूले उठाएका कुरा सरकारले सुन्ने र कार्यान्वयन समेत हुने गरेको थियो । तर अहिले सरकारले सांसदका कुरा नै सुन्दैनन् । प्रतिपक्षी दलका सांसदहरूले उठाएका कुरा सरकारले सिरियस भएर सुन्थ्यो अहिले प्रतिपक्षी दलका सांसदले बोल्दा सरकारका मन्त्रीहरू हाई काढेर उडाइदिन्छन्,’ उनले भने ।
प्रदेशसभा सांसदको ध्यान सत्ताकै खेलमा बढी देखिन्छ । पहिलो कार्यकालमा प्रदेशसभाले ३ वटा सरकार बनाएको थियो । सांसदहरूको ध्यान सरकार ढाल्ने र बनाउने काममा बढी थियो ।
संसदमा के बोल्ने भन्ने पनि तयारी नगरी सांसदहरू आउने गरेका छन् । संसद् बैठकमा बोल्ने क्रममा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङले कविता पढ्न थालिन् ।
आफूले कविता पढ्न थालेको थाहा पाएपछि उनी बीचमै रोकिइन् ।
त्यस्तै एमालेका पाँचकर्ण राईले पनि प्रदेशको प्रमुख प्रतिपक्षी र प्रतिपक्षी सांसदहरूको उछित्तो काड्ने गरी मानमर्दन गरे । उनीहरू दुवैजना नयाँ सांसद हुन् ।
संसद् मर्यादित र परिपक्व हुनुपर्नेमा त्यस्तो देखिएको छैन ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...