३१ असार २०८३, बुधबार

राहुल गान्धीले संसदमा सोधे– मोदी सत्तामा आएपछि अडानी कसरी दोस्रो सबभन्दा धनी बने ?

माघ २४, २०७९
राहुल गान्धीले संसदमा सोधे– मोदी सत्तामा आएपछि अडानी कसरी दोस्रो सबभन्दा धनी बने ?

भारतको लोकसभामा राष्ट्रपतिको सम्बोधनमाथि मंगलवार चर्चा हुँदा कांग्रेस नेता राहुल गान्धीले अडानी प्रकरणलाई सन्दर्भ बनाउँदै मोदी सरकारमाथि आक्रमण गरेका छन् । 

उनले भने, ‘भारत जोडो यात्राका क्रममा देशभरि अडानीको नाम सुनियो । अडानी जुन व्यापारमा पसे पनि सफल हुन्छन् यो कसरी सम्भव छ भनी मानिसले प्रश्न सोधे । यिनको पहिला एकदुईवटा बिजनेस थियो अहिले कसरी १० वटा बिजनेसमा काम गरिरहेका छन् ?’

राहुलले थपे, ‘अडानी संसारका धनाढ्यको सूचीमा सन् २०१४ मा ६०९औं स्थानमा थिए । अनि जादू भयो र उनी दोस्रो नम्बरमा पुगे । य ियति सफल कसरी भए अनि देशका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यिनको के सम्बन्ध छ भनी मानिसले सोधे ।’

त्यसपछि राहुलले मोदी र अडानी सँगै बसेको एउटा तस्वीर सदनमा देखाए । 

राहुलले थपे, ‘अडानी र मोदीको सम्बन्धका बारेमा मलाई थाहा छ । अडानी मोदीका बफादार हुन् । सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेर दिल्ली आएपछि असली जादू शुरू हुन्छ । मोदीले देशका ६ वटा एयरपोर्ट अडानीलाई सुम्पिए ।’

अडानीसँग मोदीलाई जोडेपछि भाजपाले राहुल गान्धीको आलोचना गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्