३१ असार २०८३, बुधबार
राजनीति

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरको बालकोट पुगेका छन् । पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सुदूरपश्चिमक प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार विस्तार नहुँदै ढल्नेछ । रास्वपालाई सरकारमा सहभागी गराउने र सुदूरपश्चिम सरकारलाई जोगाउने तयारी साथ दुई नेताबीच छलफल हुन लागेको बताइएको छ । अध्यक्ष ओलीलाई भेटन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड अहिले भर्खरै बालकोट पुगेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्