
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा हिँडेको भन्दै एक डाक्टरमाथि प्रहरीले कुटपिट गरेको घटनामा नेपाल चिकित्सक संघ आक्रोशित बनेको छ । आफ्ना आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि शुक्रबार अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरेर गम्भीर घाइते बनाएको भन्दै संघले विरोध गरेको हो ।
संघले २४ घण्टा भित्र दोषीमाथि कानूनी कारबाही नगरिए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएको छ ।
महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको भएको उल्लेख गरिएको छ ।