×

NMB BANK
NIC ASIA

पहाडी जिल्ला हाँक्ने तराईकी छोरी

प्रदेशका ४ जिल्ला हाँकेका महिला सीडीओ

माघ २८, २०७९

NTC
Premier Steels

१ नम्बर प्रदेशका १४ जिल्लामध्ये ४ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् । ताप्लेजुङ, ओखलढुंगा, धनकुटा र सुनसरीमा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् ।

Muktinath Bank

पहाडी जिल्ला ओखलढुंगाको नेतृत्व तराईकी छोरीले गरेकी छन् । ओखलढुंगाको सीडीओ मधेशी समुदायकी प्रदर्शनी कुमारी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मधेशी समुदायबाट सीडीओ बन्ने पहिलो महिला पनि हुन्, उनी उपसचिव हुन् ।


Advertisment
Nabil box
Kumari

बारा जिल्लामा जन्मेकी उनको पठनपाठन काठमाडौंमा भएको थियो । बुवाआमाले नै छोरी पढाउनुपर्छ भन्ने मान्यता राखेका कारण आफूलाई अवसर आएको उनी बताउँछिन् । बुबा रामअयोध्या प्रसाद कलवार नेपाली सेनामा जागिरे थिए ।

Vianet communication

उनले २०६२ सालमा निजामती सेवामा जागिर शुरू गरेकी हुन् । उनका भाइबहिनी वैदेशिक रोजगारीमा छन् । शाखा अधिकृतबाट जागिर शुरू गरेकी प्रदर्शनी कुमारी २०६९ सालमा उपसचिव भएकी थिइन् ।

योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय जोखिम विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा काम गरेकी उनी सीडीओ पहिलोपटक भएकी हुन् । ‘जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउँछन्,’ उनले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा सोचनीय हुनुपर्ने अवस्था छ ।’ छोरीलाई पढाउनु हुँदैन भन्ने तराईको समुदायलाई उछिन्दै पढेको उनी बताउँछिन् ।

धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर काम गरेको उनको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा उनले रामेछापमा सीडीओ भएर काम गरेकी थिइन् । ओखलढुंगामा जन्मिएकी उनले आधारभूत तहको  पढाइ पनि त्यहीँबाट गरेकी थिइन् । छोरी पनि पढ्नुपर्छ भन्ने मान्यता बुवाको भएकै कारण पढ्न पाएको उनले बताइन् । बुवा खड्गबहादुर खत्री ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च थिए । 

घरमा ६ जना दिदीबहिनी र २ दाजुभाइमध्ये उनी कान्छी हुन् । उनका २ दिदीहरू पनि सरकारी सेवामै छन् । ठाइँली र काइँली दिदी सरकारी जागिरमा छन् । काइँली रेनुका केसी सबइन्जिनीयर भएर पुरातत्व विभागमा कार्यरत छिन् भने  ठाइँली शकुन्तला केसी जाल्पा माध्यमिक विद्यालय ओखलढुंगाकी शिक्षिका हुन् ।

केसीले स्नातक सक्ने बित्तिकै अधिकृतमा नाम निकालेकी थिइन् । निजामती सेवामा प्रवेश गरेको फागुनमा २० वर्ष पुग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बुमा पहिलो प्रमुख भएर उनले संरचना बनाएकी थिइन् ।

सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर पनि उनले काम गरेकी थिइन् । २०७४ सालदेखि उनले गृह मन्त्रालयमै बसेर काम गरेकी थिइन् । पहिलो अनुभव नभएकाले काम गर्न सजिलो हुने उनले बताइन् । लैंगिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनको तर्क छ ।

सुनसरीमा पनि पहिलोपटक महिला सीडीओ हुमकला पाण्डेले नेतृत्व गरेकी छन् । यसअघि भक्तपुर तथा काभ्रेमा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) भइसकेकी पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रदेव माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरेकी थिइन् । महेन्द्ररत्न क्याम्पस ताचहल पढ्दा उनले दिउँसो निजी विद्यालयमा पढाउने गर्थिन् । उनले स्नातकोत्तर त्रिचन्द्र कलेजबाट गरेकी हुन् । प्रथम श्रेणीमा पास गरेपछि उनलाई त्यहीँ जागिर पनि पाइयो ।

क्याम्पस टप गर्नेलाई पढाउन दिने गरिएकाले कलेजमा पढाएको उनले सुनाइन् । उनले २०६० सालदेखि ३ वर्षसम्म त्रिचन्द्रसहित अन्य कलेजमा पनि पढाइन् । २०६३ सालमा नै  शाखा अधिकृतमा पास गरेकी उनले २०६८ सालमा उपसचिवमा नाम निकालिन् । दक्षिण कोरियाबाट उनले कृषि विषयमा स्नातकोत्तर गरेकी छन् ।

२०७५ सालमा उनले सहसचिवमा नाम निकालिन् । जागिर र  पढाइ पनि सँगसँगै लगेको उनले बताइन् । ३ दिदीबहिनी र ६ दाजुभाइमध्ये उनी जेठी छोरी हुन् । ६ जना दाजुभाइ व्यावसायिक छन् भने ३ जना दिदीबहिनी जागिरमा छन् । उनले लोकसेवाका सबै परीक्षाहरू खुलाबाट पास गरेकी छन् ।

‘मैले खुलाबाट पास गरेकै कारण आरक्षण कोटामा अर्काे महिलाले स्थान पाउनुभयो,’ उनले भनिन् । आरक्षणले महिलालाई कानूनी तहसम्म पुग्ने अवसर दिएको पनि उनले बताइन् । 

ताप्लेजुङले पहिलोपटक महिला सीडीओ पाएको छ । माघ १८ गतेदेखि ताप्लेजुङले गोमा चेम्जोङलाई महिला सीडीओ पाएको छ । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सीडीओ भएकी थिइन् । 

महिला भएर जिल्लामा आउँदा सेवाग्राही पनि खुशी हुने गरेका उनी बताउँछिन् । व्यावसायिक दक्षतालाई कायम गर्दै महिलाले इमानदारीपूर्वक काम गर्छन् भन्ने देखाउने महिला सीडीओहरूको भनाइ छ । महिला तथा बालबालिकाका समस्या पनि महिलाले सजिलै उठाउन सक्छन् भन्ने भरोसा नागरिकमा पनि रहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x