१९ असार २०८३, शुक्रबार

मुख्यमन्त्री ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

मुख्यमन्त्री ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

इटहरीमा भएको प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङले जितेका छन् ।

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । विजय बापत दाहालले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधीका साथ नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोश्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्