×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

माघ २८, २०७९

NTC
Premier Steels

इटहरीमा भएको प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङले जितेका छन् ।

Muktinath Bank

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । विजय बापत दाहालले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधीका साथ नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोश्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


Advertisment
Nabil box
Kumari

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

Vianet communication

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x