
भक्तपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई गत आइतबार भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त होटलकी संचालिकालाई पनि प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।